November 29, 2023

Bhimphedi Khabar

Bhimphedi Cable Network

पाएनन् तलब शिक्षक ले, दशैं चाड रित्तो हात कृष्ण मा.बि.भैंसे।

भीमफेदी

२०८०/०६/२८

भीमफेदि गाउँ पालीका बडा नं २ भैंसे स्थित श्री कृष्ण माध्यमिक बिधालय का शिक्षक कर्मचारी ले गत श्रावण देखी को पारिश्रमिक पाएनन्।

बिधालयको लेखा फाँट मा कार्यरत शिक्षक कर्मचारी दिपक पुडासैनी का अनुसार बिधालय ब्यबस्थापन समिति र भीमफेदी गाउँ पालीका शिक्षा फाँट को आपसिक समन्वय नहुँदा दशैं जस्तो चाडमा खाली हात घर जानु परेको मा दुख: ब्यक्त गरेको छ।

गाउ पालिका ले २०८० भाद्र ४ गते नियुक्ति गरिएको शिक्षक शिक्षा कार्यबिधि अनुसार नभएको भनेर बिधालय ब्यबस्थापन समिति बाट उक्त शिक्षक लाइ हाजिर गर्न नदिएको बताएका छन्।

सोहि बिबाद लाइ लिएर हालसम्म कुनै समाधान नभएको र यसै समस्या ले शिक्षक कर्मचारी लाइ दशैं मा पाउनुपर्ने सुबिधा लगायत पारिश्रमिक समेत उपलब्ध नगराएको बिधालय लेखापाल तथा शिक्षक ले बताएको छ।

बिधालय ब्यबस्थापन समिति तथा गाउँ पालीका बिच आपसिक समझदारी नहुनु साथै शिक्षक कर्मचारी ले दशैं चाड मा रित्तो हात हुनु अबश्य राम्रो होइन्। बिधालय घटस्थापना देखी बिदा भइसकेको छ।