November 29, 2023

Bhimphedi Khabar

Bhimphedi Cable Network

चलचित्र ब्ल्याक छायाँ हेटौंडामा हुने विशेष शो को संकलन रकम दुवै मृर्गौला पिडीत मीना गोलेलाई ।

भीमफेदी

२०८० असोज २४

भीमफेदी – हेटौंडाका खड्ग बहादुर मोक्तानद्धारा निर्मित नेपाली चलचित्र ब्ल्याक छायाँ हेटौंडामा विशेष शो हुने भएको छ ।

कार्तिक २ गते ओम्याक्स सिनेमा घरमा चलचित्र प्रदर्शन गरिने जनाइएको छ । आर.एल लामा द्धारा निर्देशित चलचित्रमा नीर शाह, बुद्धि तामाङ, रवीन्द्र झा, जानवी बस्नेत, आर.एल लामा, शोभित बस्नेत, सुनील थापा, धिरेन शाक्य, राजेन्द्र खड्गी लगायतका कलाकारको अभिनय रहेको छ ।

सामाजिक कथावस्तुका साथै सस्पेन्स चलचित्रको रुपमा चलचित्र निर्माण गरिएको बिशेष सो का आयोजक बिकाश स्याङ्गतानले बताए । मकवानपुरको फापरबारी, हेटौंडा, कुलेखानी र काठमाडौंमा छायाकंन गरिएको उक्त चलचित्रको कथा निर्देशक आर.एल लामा आफैंले लेखेका हुन्।

प्रस्तुतकर्ता मोक्तानले यस अघि द मंगोलियन हर्ट र चोर पुलिस नामक चलचित्र निर्माण गरिसकेका छन् । एक करोड भन्दा बढी लगानीमा चलचित्र निर्माण गरिएको निर्माण पक्षले जनाएको छ ।


अधिकांश हेटौंडामा छायाँकन गरिएको र सम्पूर्ण निर्माण टिम हेटौंडाकै रहेकाले हेटौंडामा विशेष शो देखाउन लागिएको डेविड मोक्तानले बताए ।आर.एल लामा ,नीमा दोर्जे मोक्तान र विकास स्याङ्तानले उक्त चलचित्रको च्यारेटी शो गर्न लागेका हौं,बिशेष सो का आयोजक विकास स्याङ्तान बताउनु भएको छ ।

बिशेष सो मार्फत संकलन भएको रकमबाट केही रकम भीमफेदी ८ निवासी दुवै मृर्गौला पिडीत मीना गोलेलाई उनको उपचारका लागि सहयोग गर्ने छौं, मोक्तानले भने । बिशेष सो को प्रबेश सहयोगार्थ शतप्रतीशत बितरण भई सकेको बिशेष सो का आयोजक बिकाश स्याङ्गतानले बताउनु भएको छ ।