
बहुउद्देश्यीय खेल मैदान भीमफेदी प्रती युवाहरु को उत्सुकता।
२०८०/०३/०२
भीमफेदी
मकवानपुर जिल्लामा अवस्थित एतिहासिक केन्द्र भीमफेदी को वडा नं ६ बहुउद्देश्यीय खेल मैदान २०७१ सालमा निर्माण गरेको हो।
यस खेल मैदान भीमफेदीमा कृयशिल सार्बजनिक शैक्षिक गुठि अन्तर्गत भीम आधार सामुदायिक स्कुल को सकृयतामा दाता स्पेनिस Juanjo Rodriguez बाट जाडो मा प्रयोग गरीने स्कार्फ (गलबन्दी) मा भीमफेदीको सांस्कृतिक पहिचान सहितको लोगो छपाएर स्पेनको बजारमा बिक्री२ गरि संकलित रू पच्चीस लाख रकम बाट Three “E” project बाट निर्माण गरेको हो।
यस मैदान २०७२ बैशाख १२ गते तत्कालीन युवा तथा खेलकुदमन्त्री पुरुषोत्तम पौडेलले समुद्घाटन गरेको हो।यसै गरी यस खेलकुद मैदानको निर्माण सहजिकरण रोटरी क्लब अफ कान्तिपुर ले गरेको हो।
यस खेल मैदानमा आबश्यकता पहिचान गरी स्पेनकै एक सामाजिक संस्था एमएक्सडेल नेपाल (साथी नेपाल) ले लुगा परिवर्तन कक्ष तथा स्नान गृहको निर्माण गरेको छ। उक्त गृह २०७५ सालमा तत्कालिन ३ नं प्रदेश सभाको सभामुख सानु कुमार श्रेष्ठ ले उद्घाटन गरेको हो।
हाल २०७६ सालमा चिसापानी बन क्षेत्र आगलागी भएर बन डढेलो जांदा स्नान गृहको जडान पानीको पाइप सबै नष्ट भए देखि आर्थिक अभावका कारण स्नान गृहको प्रयोजनमा आउन नसकेको र पानीको जडानको लागी स्थानीय निकए, सहयोगी दाताहरुको खोजी गरेको बहुउद्देश्यीय खेल मैदान पुर्वाधार निर्माण समिति संयोजक तथा भीम आधार सामुदायिक स्कुल का प्रमुख सुरेन्द्र थीके ले बताएको छ।
आर्थिक वर्ष ०७८/०७९ को बिकास योजनाबाट भीमफेदी गाउँ पालिका वडा नं ६ ले बिभीन्न शारीरिक ब्यायाम का सामग्री जडान गरेको छ।यस खेल मैदान मा दैनिक बिहानि, बेलुकी चार बजे देखि सात बजेसम्म सयौ बालबालिका, बृध्दा,युवा शारीरिक ब्यायाम,योगा,तथा खेल खेल्न सहभागी हुन्छन्।
More Stories
नेवा :समुदाय भीमफेदीको ब्रिक्षरोपण कार्यक्रम ।
कारको पछाडी डिक्की भित्र फल्स बटम बनाई लुकाई लागूऔषध गाँजा,
सबडिभिजन बन भीमफेदीको नर्सरी बितरण तयारी अबस्था मा।