
सबडिभिजन बन भीमफेदीको नर्सरी बितरण तयारी अबस्था मा।
२०८०/०२/२९
भीमफेदी
मकवानपुर जिल्लाको भीमफेदी गाउँ पालिका वडा नं ६ एतिहासिक सेठघर हात्तीसार सब डिभीजन बन कार्यालय भीमफेदी ले आर्थिक बर्ष ०८९/०८० को लागी बृक्षरोपण तयारी को लागी नर्सरी बिरुवा तयारी भएको रेनजर शतिस दाहालले जानकारी गरेको छ।
यसै बर्ष २०८० मा पानी नपरेर सुख्खायाममा जेष्ठ महिनामा बाताबरण दिबस परेको भएता पनि बर्षा नभएकोले असार महिनामा बृक्षरोपन कार्यक्रम गरी नर्सरी लगाउन अनुरोध गरेको छ।
संबन्धित बन समुदायको उपभोक्ता समितिका शिफारीस तथा सम्बन्धित कार्यालय, सामाजिक संस्था हरुले आवश्यक मापदण्ड पुरा गरी बिरुवा माग गर्न सकिने रेन्जर शतिस दाहालले बताए।
बिरुवा उत्पादन गर्न निकै मेहनत र समय लाग्ने भएकाले यसलाई उचित ब्यवस्थापन सहित आवश्यक पुर्वाधार तयार गरेर मात्र बिरुवा माग गर्न पनि अनुरोध गरेको छ।

More Stories
नेवा :समुदाय भीमफेदीको ब्रिक्षरोपण कार्यक्रम ।
कारको पछाडी डिक्की भित्र फल्स बटम बनाई लुकाई लागूऔषध गाँजा,
बहुउद्देश्यीय खेल मैदान भीमफेदी प्रती युवाहरु को उत्सुकता।