
भीमफेदी
२०८० जेष्ठ २०
भीम आधार सामुदायिक स्कुल भीमफदीको थ्री ई योजना ध्दारा निर्माण बहुउद्देश्यीय खेल मैदान हाल दैनिक बिहानि ४:०० बजे देखि ८:०० बजे सम्म र सांझ ५:०० देखि ७:०० बजे सम्म भीमफेदी वडानं ५ र वडानं ६ का बालबालिका,युवा, तथा बृध्द समेत गरी पचास भन्दा बढि ले ब्यायम लाभ गरी राखेको छ।
उक्त खेल मैदानमा बास्केटबल, फुटसल, भलिबल, ब्याडमिन्टन लगायतका खेल खेल्न सकिन्छ।
जलबायु परिवर्तनको संगसंगै गर्मिको कारण अहिले बहुउद्देश्यीय खेल मैदान भीमफेदीको एक आकर्षक ब्यायम तथा मनोरञ्जन समय बिताउने थलो बनेको छ।
बाल बालिका देखी अधबैँसे को समय ब्यतित गर्ने स्थान को पहिचान बन्न लागेको खेल मैदान मा निकै आकर्षण रहेको हरियाली बृक्षरोपण पार्क, लगायत शौचालय,कपडा फेरबदल गर्ने कक्ष तथा बिश्राम स्थल समेत रहेको छ।तर खानेपानी तथा सरसफाई पानीको अभावले शौचालय तथा कपडा फेरबदल कक्ष संञ्चालनमा ल्याउन सकेको छैन।

More Stories
नेवा :समुदाय भीमफेदीको ब्रिक्षरोपण कार्यक्रम ।
कारको पछाडी डिक्की भित्र फल्स बटम बनाई लुकाई लागूऔषध गाँजा,
बहुउद्देश्यीय खेल मैदान भीमफेदी प्रती युवाहरु को उत्सुकता।