March 28, 2024

Bhimphedi Khabar

Bhimphedi Cable Network

मकवानपुर जिल्लाको भीमफेदी गाउँपालिकामा भलिबल संघ गठन ।

भीमफेदी

२०७९/१२/३०

मकवानपुर जिल्लाको भीमफेदी गाउँपालिकामा भलिबल संघ गठन गरिएको छ । मकवानपुर जिल्ला भलिबल संघले समिति गठन गर्ने क्रममा भीमफेदीमा पनि संघ गठन गरिएको हो । यसअघि हेटौंडा उपमहानगर, थाहा नगर, मकवानपुरगढी गाउँपालिकामा भलिबल संघ गठन भइसकेको छ ।

शनिबार एक भेलाको आयोजना गरी रामहरि ठकुरीको अध्यक्षतामा १३ सदस्यीय भीमफेदी गाउँपालिका भलिबल संघ सर्वसम्मत गठन गरिएको छ । संघको उपाध्यक्षमा विपना दोङ, सचिवमा राजिव परियार, कोषाध्यक्षमा अर्जुन बानियाँ सर्वसम्मत चयन हुनुभएको छ । यस्तै सदस्यमा सुनिल लामा, सुजन मोक्तान, नकुल दोङ, ओम सिकारी, राजन पुडासैनी, केविश लामा, निशान थापा मगर, श्रजित प्रजा र सुमन लामा चयन हुनुभएको छ ।

४ नम्बर वडा अध्यक्ष सागर पाण्डेको प्रमुख आतिथ्यमा भएको भेलामा मकवानपुर जिल्ला भलिबल संघका कोषाध्यक्ष शंकर कार्की, सदस्यहरु कमल विडारी, मनोज लामा, रन्जन अमात्य र इन्द्र बज्राचार्यको पनि उपस्थिति रहेको थियो ।