June 2, 2023

Bhimphedi Khabar

Bhimphedi Cable Network

नेपाल सरकार प्रदेश मुख्य मन्त्री जनस्वास्थ्य कार्यक्रम शुभारम्भ।

२०७९/१२/२६ गते

भीमफेदी

भीमफेदी गाउँ पालिका वडानं ६ वडा अध्यक्ष सोमबहादुर घलान को प्रमुख आतिथ्यतामा शुभारम्भ भएको छ।कार्यक्रम मा बडा अध्यक्ष सोमबहादुर घलान ले आफ्नो तौल,उचाइ, मधुमेह, रक्तचाप,पेशाब परिक्षण गरी कार्यक्रम अारम्भ गरिएको थियो।कार्यक्रम मा प्राथमिक स्वास्थ्य बिकास सहयोग समिति

पदाधिकारी, स्वास्थ्य महिला स्वयंसेवक, प्राथमिक स्वास्थ्य केन्द्र भीमफेदीका कर्मचारी को उपस्थिति रहेको थियो।कार्यक्रम मा वडानं ६ का ९३ सेवाग्राहीलाई परिक्षण तथा परामर्श सेवा प्रदान गरेको थियो।यसै गरी मिति २०७९/१२/२७ गते भीमफेदी गाउँ पालिका वडानं ६ स्तरीय स्वस्थ बालबालिका प्रतिस्पर्धा रहेको प्राथमिक स्वास्थ्य केन्द्र भीमफेदीका मेडिकल अधिकृत डा.पुजा यादबले जानकारी गरेको छ।

यसै गरी भीमफेदीका अन्य स्वास्थ्य चौकी मा पनि कार्यक्रम शुभारम्भ भएको छ। भीमफेदी वडानं ७ कोगटे स्वास्थ्य चौकीमा स्वास्थ्यकर्मी को अनुपस्थित का कारण सेवाग्राहीलाई मर्कापरेको स्थानीय समाजसेवी ले एक सार्बजनिक सामाजिक सञ्जालमा दु:ख ब्यक्त गरेको छ।