
भीमफेदी
२०७९ चैत्र १२
राष्ट्रिय स्वतन्त्र पार्टि भीमफेदी एकाईको आयोजनामा राष्ट्रिय स्वतन्त्र पार्टि भीमफेदि गाउपालीका स्तरीय कार्यकर्ता भेला गरेको छ।
राष्ट्रिय स्वतन्त्र पार्टि जिल्ला सभापती भरत पराजुलीको अध्यक्षतामा संचालन भएको कार्यक्रमा राष्ट्रिय स्वतन्त्र पार्टि केन्द्रिय सदस्य रमेश प्रसाइको प्रमुख आतिथ्यता रहेको थीयो।
कार्यक्रम लाई संबोधन गर्दै राष्ट्रिय स्वतन्त्र पार्टि केन्द्रिय सदस्य रमेश प्रसाइले पहिले पार्टीले पार्टी हैन मत बदलौ भन्ने नारालाई सार्थकता दिएको भएतापनी अब सम्पुर्ण जनता राष्ट्रियताको लागी राष्ट्रिय स्वतन्त्र पार्टिमा आबध्दता हुन अनुरोध गरेको थीयो । राष्ट्रिय स्वतन्त्र पार्टिले अब देश बिकासमा योगदान दिन गरेको जनताको निर्णयलाइ मध्यनजर गर्दै सरकारमा बसेर जनाताको अपेक्षा पुरा गर्ने बताए।
राष्ट्रिय स्वतन्त्र पार्टि भीमफेदि गाउपालीका स्तरीय कार्यकर्ता भेलाले सरोज बरालको सभापतित्वमा उपसभापतीमा क्रिष्ण शोभा श्रेष्ठ,सचिब संजय पौडेल,कोषउध्यक्ष सर्बेन्द्र बर्तौला,सदश्य राजेश मिजार,जयराम सुनार,माधब पुडासैनी,दल ब. लामा,देब कुमार राना,अनिल कुमार श्रेष्ठ चयन गरेको छ ।सल्लाहकार मा दिपेन्द्र ढकाल ,उमेश थापा र र्याट टिममा संयोजक साजन गोले,सह समयोजक घनश्याम थापा,सदश्यमा पवन थापा मनोनित गरेको छ।
कार्यक्रम बारे बागमती प्रदेश सदश्य बिरेन्द्र थापाले जानकारी गरेको छ।

More Stories
महिला जागृति बचत तथा ऋण सहकारी संस्थाको नेतृत्वमा चेतकुमारी पुडासैनी।
भीमफेदी गाउँपालिकामा कानुन विपरीत नदीजन्य पदार्थ चोरी निकासी ।
पाएनन् तलब शिक्षक ले, दशैं चाड रित्तो हात कृष्ण मा.बि.भैंसे।