March 28, 2024

Bhimphedi Khabar

Bhimphedi Cable Network

अन्तर पालीका फुटबल खेलमा भीमफेदी गाउपालीकाको अग्रता कायमै ।

भीमफेदी

२०७९ चैत्र ८

२०७९ चैत्र ४ गते शनिबारबाट दोस्रो संस्करणको मकवानपुर जिल्लास्तरीय अन्तरपालिका फुटबल प्रतियोगिता सुरु भएको छ । हेटौंडा–५ स्थित पिप्ले–क्याम्पा रंगशालामा सुरु भएको प्रतियोगिताको  भीमफेदी गाउपालीका र मनहरी गाउपालीका बिच भएको खेलमा असम्भबलाइ सम्भब पार्दै ३-० ले पछि परेको अबस्थालाई उल्ट्याउदै मनहरि गाउपालिकालाइ ट्राइबेकरमा पराजित गर्दै भिमफेदी गाउपालिका सेमिफाइनलमा प्रबेश गरेको छ दोस्रो हाफमा पाएको रेड कार्डलाइ झनै हौसला मान्दै टिम पर्फरमेन्सलाइ ध्यान दिदै जितको बाटो तर्फ अगाडि बढाउने सम्पुर्ण खेलाडी भाइहरु टिम प्रशिक्षक बादल सिलवाल , जुन थापा लगायत सम्पुर्ण फुटबल समर्थकहरुलाइ भीमफेदी गाउपालीका वडानं ४ का अध्यक्ष सागर पाण्डेले धन्यबाद ब्यक्त गरेको छ ।

खेलमा राम्रो प्रदर्शन बापत सबिन घोले लामाले फेयर ट्रफि उपलब्ध गर्न सफल भएको छ । अगामी सेमीफाईनलमा हेटौडा महानगर पालीका बिच खेल हुने जनाएको छ ।