April 19, 2024

Bhimphedi Khabar

Bhimphedi Cable Network

शनिबारबाट दोस्रो संस्करणको मकवानपुर जिल्लास्तरीय अन्तरपालिका फुटबल प्रतियोगिता सुरु,

भीमफेदी

२०७९ चैत्र ६

हेटौंडामा २०७९ चैत्र ४ गते शनिबारबाट दोस्रो संस्करणको मकवानपुर जिल्लास्तरीय अन्तरपालिका फुटबल प्रतियोगिता सुरु भएको छ । हेटौंडा–५ स्थित पिप्ले–क्याम्पा रंगशालामा सुरु भएको प्रतियोगिताको शनिबार बागमती प्रदेश सरकारकी सामाजिक विकासमन्त्री कुमारी मोक्तानले उद्घाटन गर्नुभयो ।

प्रतियोगिताको उद्घाटन खेलमा कैलाश गाउँपालिकालाई हराउँदै भीमफेदी गाउँपालिकाले विजयी सुरुवात गरेको छ । भीमफेदीले कैलाशलाई टाईब्रेकरमा ४–२ गोलअन्तरले हराउँदै विजयी सुरुवात गरेको हो । निर्धारित समयमा खेल २–२ गोलको बराबरीपछि खेल टाईब्रेकरमा धकेलिएको थियो ।पहिलो सुरुवात खेलमा श्रिजन दानीले म्यान अप दि म्याच हासिल गरेको थीयो। भीमफेदीले अब सेमिफाइनमा प्रवेशका लागि मनहरी गाउँपालिकासँग खेल्नेछ । प्रतियोगिता अन्तर्गत आज आइतबारको खेल राक्सिराङ गाउँपालिका र साविक विजेता थाहा उपमहानरपालिकाबीच हुनेछ । पहिलो संस्करणमा हेटौंडा उपमहानगरपालिकालाई हराउँदै थाहा नगरपालिकाले उपाधि जितेको थियो । आइतबारको विजयी टिमले सेमिफाइनल प्रवेशका लागि बागमती गाउँपालिकासँग खेल्नेछ ।

प्रतियोगितामा मकवानपुरका १० वटै स्थानीय तहको सहभागिता छ । प्रतियोगिताको फाइनल खेल चैत ११ गते हुनेछ । प्रतियोगिताको विजेताले २ लाख रुपैयाँ नगदसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले नगद एकलाख रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । सर्वाेत्कृष्ट खेलाडिलाई नगद १० हजार रुपैयाँ, सर्वाधिक गोलकर्तासहित अन्य विधागत उत्कृष्ट खेलाडि र प्रशिक्षकलाई जनही नगद ५ हजार रुपैयाँसहित ट्रफी प्रदान गरिने छ ।

जिल्ला खेलकुदका विकास समिति मकवानपुरका अध्यक्ष वेश खड्गीको सभाध्यक्षमा प्रतियोगिताको उद्घाटन कार्यक्रम भएको थियो । कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलान र भीमफेदी गाउँपालिकाका अध्यक्ष हिदम लामा लगायतको आतिथ्य रहेको थियो ।