April 19, 2024

Bhimphedi Khabar

Bhimphedi Cable Network

मकवानपुर क्षेत्र नं १को मतगणना आरम्भ, क्षेत्र नं २को तयारी।

भीमफेदी

२०७९/०८/०५

मकवानपुरमा प्रदेश सभा सदस्य तथा प्रतिनिधि सभा सदस्य निर्वाचनको मतगणना कार्य सुरु भएको छ । सोमबार बिहान सर्वदलीय बैठकपछि ११ बजेबाट मतगणना गर्ने सहमति भएपनि १ घण्टापछि मात्र हेटौंडा–२ स्थित सिद्धार्थ माविमा मतगणना कार्य सुरु भएको छ । अहिले मकवानपुरको क्षेत्र नम्बर १ प्रनिनिधि सभाको मतगणना सुरु भएको छ ।

प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्यको प्रत्यक्ष र समानुपातिक दुबैतर्फ एकसाथ मतगणना गरिने छ । प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर १ मा ५ वटा समूह बनाएर प्रतिनिधि सभा सदस्य, प्रदेश सभा सदस्य प्रत्यक्ष र समानुपातिकतर्फको गणना गरिने जनाएको छ ।
आइतबार सम्पन्न प्रदेश सभा सदस्य तथा प्रतिनिधि सभा सदस्य निर्वाचनमा मकवानपुर जिल्लामा १ लाख ७८ हजार २ सय ८२ मत खसेको छ । यो कुल मतदाता संख्याका आधारमा ५९ प्रतिशत हो । ९२ हजार ८ सय ७७ पुरुष तथा ८५ हजार ४ सय महिला र अन्य ५ ले मतदान गरेको थियो ।