April 19, 2024

Bhimphedi Khabar

Bhimphedi Cable Network

मकवानपुरमा उम्मेदवारका प्रतिनिधिबाट मतगणनाको सूचनामा आतंक

भीमफेदी

२०७९/०८/०५

मकवानपुरको २ वटा प्रतिनिधिसभा क्षेत्र र ४ वटा प्रदेशसभा क्षेत्रको मतगणना हेटौँडामा जारी छ । हेटौँडा–२, स्थित सिदार्थ माविमा भइरहेको मतगणनामा उम्मेदवारका प्रतिनिधिहरुले हातहातमा मोबाइल बोकेका छन् ।

तर, प्रतिनिधिहरु आफैं मत जोड्ने र पहिला सामाजिक सञ्जालबाट पोष्ट गरिहाल्ने परिपाटीले जिल्लामा सूचनाको आतंक मच्चिएको छ । आफूले जोडेको मनगणन्ते हिसाबलाई जिल्लास्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयको टोलीले जोडेको मतसँग पुष्टी नगराई प्रतिनिधिहरु सामाजिक सञ्जालमा मत परिणामको सूचना पोष्ट गरिरहेका हुन् ।

प्रतिनिधिहरुले यसो गरिरहँदा आधिकारिक सूचनाको पर्खाइमा रहेका पत्रकारहरुको सूचनामै शंका उत्पन्न हुने क्रियाकलाप भएकोप्रति पत्रकारले आपत्ति जनाए । उनले मतगणनास्थलमा रहेका सबै प्रतिनिधिहरुको मोबाइला वा अन्य इलेक्ट्रोनिक्स डिबाइस नियन्त्रणमा लिएर सूचनामा एकरुपता ल्याउन अनुरोध गरेका छन् ।

मतगणना स्थलको मुख्य गेटमा सुरक्षा निकायहरुले सञ्चारकर्मीबाहेक अन्यलाई मोबाइल वा अन्य इलेक्ट्रोनिक्स डिबाइस लैजान दिएको छैन् । तर, उनीहरुले अनेकौं उपाय लगाएर मोबाइल भित्रै झिकाएको पाइएको छ । दलका प्रतिनिधिहरुलाई मतगणनामा सहयोग पुर्याउनुका साट्टो सामाजिक सञ्जालमा मत परिणाम अरु भन्दा चाँडो पोष्ट गरेर वाहीवाही कमाउने हुटहुटी चलेको पाइएको छ ।