April 19, 2024

Bhimphedi Khabar

Bhimphedi Cable Network

म.मा.बि. पुर्ब बिधार्थी मिलन तथा शिक्षक सम्मान कार्यक्रम हुने।

भीमफेदी

२०७९/०७/१९

महेन्द्र माध्यमिक विद्यालय, भीमफेदी का शैक्षिक बर्ष२०४२/२०४३ देखी हाल सम्मको पुर्ब बिधार्थी मिलन तथा शिक्षक सम्मान कार्यक्रम तय भएको छ।

महेन्द्र माध्यमिक विद्यालय भीमफेदी का पुर्ब बिधार्थी तथा समाजसेवी रमेश राज बज्राचार्य को संयोजकमा २५ सदस्य मुल आयोजक समिति तथा ११ सदस्य कार्य समिति आज एक कार्यक्रमका बीच गठन गरेको छ।

कार्यसमितिमा सदश्य क्रमशः इश्वरमान श्रेष्ठ,राजन राजवहाक,अमृत लामा, कृष्ण शोभा श्रेष्ठ, शान्ति राजवहाक, बिष्णु पनेरु, बिन्दु राना मगर,होम ब.राना मगर, नारायण श्रेष्ठ,मोहन थापा मगर रहेको छ।

यहि कार्तिक २५ गते सबैले सबैलाई सहज सञ्चार माध्यम बाट एक आपसमा जानकारी गराइ सबैको सहभागिता गराउने लक्ष्य रहेको तथा सहयोग को लागी अपेक्षा गरिएको सदस्य शान्ति राजवहाक ले बताउनु भएको छ।

कार्यक्रम सहजता को लागी छलफलबाटै आवास खाना ब्यबस्थापन मा इश्वरमान श्रेष्ठ, सम्मान पत्र ब्यानरमा राजन राजवहाक, रजिष्ट्रेशन ब्यबस्थापनमा रमेश राज बज्राचार्य, लाइ जिम्मेवारी दिएको बताएको छ।