
भीमफेदी
२०७९/०७/१३
नेकपा एमाले जिल्ला सदश्य मेम्बर लो ले नेकपा एमाले प्रति भएको घेराबन्दी लाई इन्द्रसरोवरको जनताले तोड्दिन आग्रह गरे उनले बिकास र समृद्धिलाई जनताले नारा बनाएको र नेकपा एमाले यहि जनताको एजेन्डा सुखी नेपाली समृद्ध नेपाल बानाउन लागेको हुदा अहिले यो अपबित्र गठबन्धन बनाएर एमालेलाइ घेराबन्दी भएको हो भन्दै यो घेराबन्दी तोड्न उपस्थित नेता कार्यकर्तालाइ आग्रह गरे। मंसिर ४ को यो आम निर्वाचनलाई मध्यनजर गरेर तपाईं उपस्थित दाजुभाइ दिदिबहिनी गम्भीर भएर सोच्दिन आग्रह गरे उनले इन्द्रसरोवरको जनताको भोटले साम्सद हुँदै मन्त्री हुने अनि बजेट चै हेटौंडा १२माइति गाउ पदमपोखरी लगेर खन्याउनिलाइ यहाँ बाट रित्तो बाक्सा पठाउन आग्रह गरे।

उम्मेदवार बिष्णु ढकाल ले मंसिर ४ गतेहुन गैरहेकोको चुनाव नेकपा एमालेको उमेदवारलाई बिजय गराउन आग्रह गर्दै आफुले यस प्रदेशको साम्सद भैरहदा तपाइको आवाजलाई बुलन्द् गर्दै सिचाइ मलबिउ लगाएत जनताको हरेक समस्यामा हामी तपाइ माझ रहिरहने छौ भन्दै सुर्यमा मतदान गर्न आग्रह गरे।
उम्मेदवार महेस बर्तौला ले नेकपा एमालेको कार्यकर्ताको भुमिका र जिम्मेवारी बहन गरेर नेकपा एमालेको उमेदवारलाई जिताउन लाग्नु हुनेछ भन्दै यहांका हिजो माननीय हुनुभएको सुभाष चन्द्र ठकुरी, स्वर्गीय वीर बहादुर लामाले गरेको कामलाइ मध्यनजर गर्दै सुरु गरेको तर पूरा गर्न बाकी रहेको हरेक योजनलाइ तपाईं यहाको जनता साक्षी राखेर पूरा गर्न लाग्ने प्रतिबद्ध ब्यक्त गरे। उनले हिजो पाच बर्ष अगाडि साम्सद जितेर गएको बिरोध खतिवडा आज पाच बर्समा कति पटक जनता माझ आए भनेर जनतालाइ प्रश्न गर्दै आम तपाइहरुको जनप्रतिनिधि भए पछि हरेक सार्बजनिक काममा जनताको सेवामा २४ घन्टा लागिपर्ने प्रतिबद्ध ब्यक्त गरे। उनले यौटा युवालाइ मकवानपुरे जनताले अगाडि बढाउन खोजेको हुदा आफू तपाइको समस्यामा लागि पर्ने छु भन्दै आफू चुनाव जित्दा तपाइहरुलाइ धोका नदिने प्रतिबद्ध ब्यक्त गरे।
More Stories
भीमफेदी गाउँपालिकामा कानुन विपरीत नदीजन्य पदार्थ चोरी निकासी ।
पाएनन् तलब शिक्षक ले, दशैं चाड रित्तो हात कृष्ण मा.बि.भैंसे।
चलचित्र ब्ल्याक छायाँ हेटौंडामा हुने विशेष शो को संकलन रकम दुवै मृर्गौला पिडीत मीना गोलेलाई ।