November 29, 2023

Bhimphedi Khabar

Bhimphedi Cable Network

नेकपा एमाले गाउँ कमिटी अध्यक्ष को राष्ट्रिय स्वतन्त्र पार्टी ध्दारा आचार संहिता उल्लघंन गरेको आरोप।

भीमफेदी

२०७९/०६/०२

नेकपा एमालेका भीमफेदी गाउँ पालिका अध्यक्ष सानु थापाले राष्ट्रिय स्वतन्त्र पार्टी ध्दारा आचार संहिता विपरीत स्वागत ध्द्वार निर्माण गरिएको बताइएको छ।

आफनो सामाजिक सञ्जालमा अध्यक्ष थापाले “भिमफेदि ईलाका प्रहरी कार्यालय संगै लगभग ३० मिटर तल रहेकाे निर्वाचन आचार संहिता विपरित प्रचार प्रसारमा प्रयाेग गरिएकाे गेट । निर्वाचन आयाेग र प्रशासनले उजुरी परेपछि मात्रै कारवाहि गर्छ कि ? देखेर हेरेर वसिरहन्छ ?
मेराे उजुरवाजुर गर्ने वानि छैन तर सबै म जस्तै हुदैन ।सम्वन्धित निकायहरुकाे ध्यान आकर्षण गराउन चाहन्छु।” संबोधन भएको छ।

यहि कार्तिक ५ गते राष्ट्रिय स्वतन्त्र पार्टी का केन्द्रिय अध्यक्ष रबि लामिछाने निर्वाचन कार्यक्रम को लागि भीमफेदी आउने पार्टी का सदस्य बिरेन्द्र थापाले बताएको छ।

जे जस्तो उध्देश्यले स्वागत ध्द्वार निर्माण गरिएको भएपनि निर्वाचन आयोग को आचार संहिता कुनै पनि दल वा उम्मेदवार ले उलंघन गर्न नहुने स्थानियले बताएका छन्।