April 19, 2024

Bhimphedi Khabar

Bhimphedi Cable Network

काँग्रेस पालिका उपसभापति रुद्र लामा एमाले प्रबेश ।

भीमफेदी

२०७९/०७/१

नेकपा एमाले भीमफेदी गाउँ पालीका स्तरीय निर्वाचन परिचालन कार्यक्रम तथा बैठक आज नेकपा एमाले भीमफेदी अध्यक्ष सानू थापा को सभापति तथा पार्टी केन्द्रिय सदस्य तथा मकवानपुर इन्चार्ज रामेश्वर रानाको प्रमुख अतिथिमा सम्पन्न भएको छ।
बिशिस्ट अतिथी: प्रतिनिधि सभा सदस्य, मकवानपुर क्षेत्र न २, उम्मेदवार महेश बर्तौलाअतिथि: पार्टी बागमती प्रदेस सम्पर्क मंच अध्यक्ष अशोक ठकुरी (बागमती प्रदेस समानुपातिक उम्मेदवार)
अतिथि: प्रदेस कमिटी सलाहकार परिषद सदस्य ठाकुराम खड्का
अतिथि: पार्टी प्रदेस कमिटी सदस्य भगवती पुडासैनीअतिथि: संघिय निर्वाचन क्षेत्र न २, निर्वाचन परिचालन कमिटी सचिब मेम्बर लो को उपस्थित रहेको थियो।

कार्यक्रम लाइ संबोधन गर्दै उम्मेदवार महेश बर्तौलाले गठबन्धन को नाममा आएका उम्मेदवार बिरोध खतिवडा काँग्रेस र माओवादिको काँध चढेर छातिमा फुलि थप्ने सोचमा उम्मेदवार बनेर आएको छ । प्रतिनिधि सभामा माओवादी र काँग्रेसको उम्मेदवार वहाहरुले उठाएका छैनन् म उनिहरुको समेत साझा उम्मेदवार हुं । काँग्रेस र माओबादिका कार्यकर्ताले दुख गरेर निर्माण गरेको संगठनको छातिमा टेकेर युवा उम्मेदवार माथी बीस बमन गरिराखेका छन् भनेका छन्।

केहि दिन अघि मनहरिको कार्यक्रममा युवालाई जिताउन हुन्न भनेर खतिवडाले मकवानपुरे सबै युवा भावनाहरुको अपहेलना गरेको बताए ।

एमालेले उम्मेदवार बनाएर प्रस्तुत गरेको यो युवाले जित्दा शिक्षा, स्वास्थ्य, खानेपानी, सडक जस्ता भौतिक पुर्वाधार निर्माणमा असाधारण बिकास गरेर नमुना काम गर्ने बताए ।

प्रमुख अतिथि रामेश्वर रानाले हामी स्वाधिनता र राष्ट्रियताको बिषय सहित एमाले सरकारमा रहंदा गरेको महत्वोपुर्ण योजनाका कामहरु लिएर जनतामा जान्छौं ।

गठबन्धनलाई लोकतन्त्रको ल पनि थाहा नभएको ! लोकतन्त्रको अभ्यास इमान्दार भएर एमालेले गरेको बताए ।
तराइमा हुलाकी मार्ग र पहाडमा मदन भण्डारी मार्ग, मध्यपहाडी राजमार्ग तथाबुत्तर दक्षिण मार्गको काम धेरै सम्पन्न भएको र केही सम्पन्न रहने चरणमा रहेका छौ ।

दक्षिणले नाकाबन्दी गर्दा हाम्रो स्वाभिमानलाई झुक्न नदिन नेपाली राष्ट्रिय स्वाभिमा एमालेले बढाको बताए।
कार्यक्रममा २०७४ सालको स्थानीय निर्वाचनमा काँग्रेस बाट भीमफेदी ६ बाट उम्मेदवार बनेका रुद्र लामा काँग्रेस पालिका उपसभापति छोडेर एमाले प्रबेश गरेको छ र पार्टी केन्द्रिय सदस्य तथा मकवानपुर इन्चार्ज रामेश्वर रानाले सवागत गरेका हुन् ।
प्रबेस कार्यक्रममा बोल्दै उनले आफू काग्रेसको भन्दा एमालेको संगठन मन परेको कारण,कांग्रेस पार्टी भित्र आन्तरिक लोकतान्त्र अन्त्य भएको तथा आन्तरिक निर्णयमा छलफल नहुने ,काँग्रेसमा बिचार सकिएको र आफू र आफ्नो जिवन कम्युनिस्ट बिचारसंग र व्यवहारसंग मिल्ने भएकोले एमाले प्रबेश गरेको बताए ।