April 24, 2024

Bhimphedi Khabar

Bhimphedi Cable Network

एमालेका उम्मेदवार थाहा नगरको चुनावी प्रचारमा मकवानपुर–२ मा ।

भीमफेदी

२०७९/०६/२९

हेटौंडा । नेपाल कम्युनिष्ट पार्टी एमालेका प्रतिनिधी सभा क्षेत्र नम्बर–२ का उम्मेदवार महेश कुमार बर्तौलाले मकवानपुरको उत्तरी क्षेत्रमा रहेको थाहा नगरको चुनावी प्रचारप्रसारको काममा आज बिहानै देखि व्यस्त रहनु भएको छ । थाहा नगरको बज्रबाराहीका बजार क्षेत्रमा उहाँले स्थानीय मतदाताहरुलाई भेटघाट गर्ने र चुनावी अभियान अनुसार मत माग्ने काम गर्नु भएको छ । स्थानीय वासिन्दाहरुसंगको अन्तरक्रिया कार्यक्रममा बोल्दै बर्तौलाले मकवानपुर क्षेत्र नम्बर–२ मा गठवन्धनका उम्मेदवारले आफुलाई भोट हाल्नका लागि नपाउने स्थिती रहेको बताउनु भएको छ । क्षेत्र नम्बर–२ का गठवन्धनका उम्मेदवार बिरोध खतिवडा हेटौंडा उपमहानगरपालिका वडा नम्बर–४ का स्थायी वासिन्दा र कुमारी मोक्तान पनि हेटौंडाकै वासिन्दा र इन्द्र बहादुर बानियाँ पनि हेटौंडाका स्थायी वासिन्दा भएकाले उनीहरुले आफुलाई भोट हाल्नका लागि यस क्षेत्रमा नपाउने र अरुको भोटबाट मात्र चुनावमा आस गरिरहेको बताउनुभयो ।
भोट स्थानीय उम्मेदवारलाई हाल्न र अतिथी उम्मेदवारलाई सत्कार मात्र गर्न उहाँले आग्रह गर्नुभयो । जसको आफ्ना क्षेत्रबाट भोट हाल्न नपाउने अनि अरुको मात्र भोटको आसले चुनाव लडेको उहाँको भनाइ छ । आफ्नै स्थानीय उम्मेदवार जो हरेक दुख, सुखमा साथ दिन्छ उनैलाई मतदान गर्न उहाँले आग्रह गर्नुभयो ।
गठवन्धनका उम्मेदवारहरु सत्ता, सक्तिको दुरुपयोग गर्दै चुनावमा लागिपरेको उहाँले आरोप लगाउनुभयो । यो चुनाबमा हरेकले मत दिएमा आफु पाँच वर्ष सेवक वनेर काम गर्ने बर्तौलाले बताउनुभयो ।