भीमफेदी
२०७९/०६/२४
हेटौंडाको मानव सेवा आश्रम र आश्रीतहरुका समस्या बुझ्नका लागि आसन्न मंसिर ४ गतेको चुनावका लागि मकवानपुर क्षेत्र नम्बर २ का उम्मेदवार महेश कुमार वतौंला हेटौंडा–९ स्थित आश्रममा पुग्नु भएको छ । मानव सेवा आश्रमले भोग्नुपरेका समस्या र आश्रीतहरुमा परेका समस्या बुझ्न बर्तौला आज त्यहाँ पुग्नु भएको हो ।
आश्रममा पुग्नु भएका बर्तौलालाई आगामी चुनावमा जितको शुभकाना दिदै सबै आश्रीतहरुका तर्फबाट रामजी अधिकारीले टिका र खादा लगाइदिनुभयो । साथै उहाँले मानव सेवा आश्रममा अहिले परेका समस्या र आश्रीतहरुका समस्याका बारेमा धारणा राख्नु भएको थियो । बिक्रम सम्वत २०८२ साल सम्म सडक मानवमुक्त देश वनाउने अभियानमा आफुहरु लागिपरेको अधिकारीले बताउनुभयो । कार्यक्रममा मकवानपुर क्षेत्र नम्बर–२ का उम्मेदवार महेश कुमार वर्तौलाले मकवानपुर जिल्लामा मानसिक रोगीहरुको उपचार गर्नका लागि अस्पतालको खाचो रहेको बताउनुभयो । मानसिक अस्पताल निर्माण गर्नका लागि आफ्नो पहल रहने बताउनुभयो । मानव सेवा आश्रमलाई परेका समस्या समाधान गर्नका लागि आफुले पहल गर्ने वताउनुभयो । उहाँले मानव सेवा आश्रममा आश्रीतहरुलाई उहाँले खाना प्रदान गरिएको थियो।
More Stories
भीमफेदी वडानं ६ पुर्ण खोपयुक्त वडा घोषणा।
नेपाली सेना सल्लाघारी एल्मुनाइ एशोसिएसन भक्तपुर ध्दारा निशुल्क स्वास्थ शिबिर।
मोटरसाइकल अनियन्त्रित भएर सवार गम्भीर घाइते।