April 25, 2024

Bhimphedi Khabar

Bhimphedi Cable Network

नेकपा एमाले उम्मेदवार महेश बर्तौला स्थानीय भीमफेदी गाउँ पालीका बासिन्दा।

भिमफेदी

२०७९/०६/२४
मुख्यमन्त्री कार्यालय भित्र रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता गराउने बित्तिकै नेकपा एमालेबाट मकवानपुर क्षेत्र नम्बर–२ मा उम्मेदवारी दिनु भएका महेश कुमार बतौंलाले शहिदका परिवारमा जाने योजना बनाउनुभयो ।
मंसिर ४ गतेको प्रतिनिधीसभा र प्रदेशसभाको चुनावमा होमिन लाग्नु भएका बतौंला केही नेता कार्यकर्ताको साथमा मकवानपुरगढी गाउँपालिका ५ काञ्चनथलीस्थित शहीद बासुदेव घिमिरेको घर पुग्नु भयो । उहाँ पुग्ने वित्तिकै आफ्नो छोराको झझल्को आएको भन्दै शहीद पीता कृष्णप्रसाद घिमिरे निकै भावुक हुनुभयो ।
निकैबेरको दुखसुखका कुराकानीपछी नेकपा एमालेबाट मकवानपुरको प्रतिनिधिसभा क्षेत्र नम्वर २ मा उम्मेदवारी दर्ता गराउनु भएकाा महेश बर्तौलालाई कृष्णप्रसादले दशैको अन्तिम दिनको टिका लगाएर मंसिर ४ गतेको चुनावमा जितको शुभकामना दिनुभयो ।
मकवानपुरगढी गाउँपालिका ५ काञ्चनथलीस्थित घिमिरेको घर पुगेका बर्तौलाले पिता कृष्णप्रसादको हातबाट टीका लगाउँदै आसिक र शुभकामना दिनेक्रममा शहीद पीता घिमिरे निकै भक्कानीनुभयो । आसुका थोपा झार्दै उहाँले दशै र चुनावको शुभकामनाको टिका लगाएर माला लगाएपछी बतौंलाले आफ्नो चुनावी अभियान यहीबाट सुरु भएको बताउनुभयो ।
२०६२–०६३ सालको आन्दोलनकै उपलब्धीले आफु उम्मेदवार बनेको र त्यही जनआन्दोलनमा आफ्ना साथी बासुदेव गुमाउनुपरेकाले शहीद परिवारमा भेटेर मात्र यो अभियान सुरु गरिएको बतौला बताउनुहुन्छ । शहीद र शहीदका परिवारको यो उपलब्धीका कारणनै अहिलेको अवस्था आएकाले आफुले सधै सम्झने र उनीहरुको बलिदानको कदर गर्ने बतौंला बताउनुहुन्छ ।
शहीद बासुदेव कृष्णप्रसादको कान्छो छोरा हुनुहुन्थ्यो । उहाँको जनआन्दोलनको क्रममा काठमाडौंमा प्रहरीको गोली लागेर मृत्यु भएको थियो । पिता घिमिरेले आफ्नो कान्छो छोराको रूपमा दशैंको पूर्णिमाको दिन टीका लगाउन पाउँदा खुशी लागेको भन्दै आँशु झार्नु भएको हो ।
राजनीतिक परिवर्तनका निम्ति छोराले ज्यान गुमाए पनि सरकारबाट निरन्तर अपहेलनामा परेको गुनासो गरेका कृष्णप्रसादले छोराकै साथीले निर्वाचन लड्न लागेको भन्दै आशिर्वाद दिनुभयो । उहाँले उम्मेदवारी दिएपछि शहीद सम्झिएर आएजस्तै गरी निर्वाचन जितेर आउन नबिर्सिन आग्रह गर्नुभयो ।
बर्तौलाले टीका लगाउँदै बासुदेवको योगदानलाई मर्न नदिने अठोट गर्नुभयो । बासुदेवले लडेर ल्याएको परिवर्तनकै कारण निर्वाचन लड्न जनतामा छोराछोरी संसदमा पुग्न पाएको भन्दै बर्तौलाले मकवानपुरले गर्व गर्नुपर्ने बताउनुभयो । उहाँले मुलुकका लागि ज्यान दिएको बासुदेवलाई फोटोमा टाँसेर मात्र नभई पहिचान दिने गरी काम गर्ने प्रतिबद्धता गर्नुभयो । २०६२÷०६३ पछि भएका निर्वाचन जितेका नेताहरू शहीद परिवारकोमा टेकेका थिएनन् । स्थानीय सरकार आएपछि मात्रै बासुदेवको नाममा पार्कदेखि सहयोग मिलेको थियो ।