
भीमफेदी
२०७९/०६/१३
अबैध माछा ओसारपसार हुन नदिन मकवानपुर भीमफेदी गाउँ पालीका वडानं २को भैंसेमा अस्थायी चेकजाँच पोष्ट खडा गरिने भएको छ । भन्सार छलेर आएका भारतीय अवैध, अस्वस्थकर र नेपाल सरकारले निषेध गरेका माछाहरु ओसारपसार हुन नदिन भैंसेमा चेकपोष्ट खडा गर्ने निर्णय गरिएको हो ।
भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, मकवानपुरको प्रतिनिधि, सुरक्षा, निकायको प्रतिनिधि, मत्स्य व्यवसायी संघको प्रतिनिधि रहने गरी भीमफेदीको भैंसेमा अस्थायी चेकजाँज पोष्ट खडा गरी चेकजाँच गर्ने निर्णय भएको छ ।
त्यस्तै भन्सार छलेर आएका भारतीय अवैध, अस्वस्थ्यकर र नेपाल सरकारले निषेध गरेका माछाहरु भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, मकवानपुर, जिल्ला प्रशासन कार्यालय मकवानपुर, सुरक्षा निकायहरु, स्थानीय जनप्रतिनिधि, संचारकर्मी र मत्स्य व्यवसायी संघको रोहवरमा त्यस्ता माछाहरु नष्ट गर्ने निर्णय गरिएको छ ।
मकवानपुरका प्रमुख जिल्ला अधिकारी राजेन्द्र पाण्डेको अध्यक्षतामा माछा व्यवसायलाई जिल्ला भित्र व्यवस्थित बनाउने बिषयमा भएको छलफलले यस्तो निर्णय गरेको हो । बैठकमा प्रमुख सेनानी सुभाष चन्द महत, प्रहरी उपरीक्षक बामदेव गौतम, सशस्त्र प्रहरी उपरीक्षक नेत्र कार्की, उप अनुसन्धान निर्देशक पप्पु शर्मा पौडेल, भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र प्रमुख डाक्टर बज्र किशोर ठाकुर, नेपाल मत्स्य व्यवसायी संघका केन्द्रीय महासचिव जोगेन्द्र महत्तो, सदस्य लालबहादुर तामाङ लगायतकाको सहभागिता रहेको थियो ।
More Stories
महिला जागृति बचत तथा ऋण सहकारी संस्थाको नेतृत्वमा चेतकुमारी पुडासैनी।
भीमफेदी गाउँपालिकामा कानुन विपरीत नदीजन्य पदार्थ चोरी निकासी ।
पाएनन् तलब शिक्षक ले, दशैं चाड रित्तो हात कृष्ण मा.बि.भैंसे।