December 8, 2022

Bhimphedi Khabar

Bhimphedi Cable Network

बढि लिईएको भाडा सम्बन्धित यात्रुलाई फिर्ता गराई सवारी चालकलाई जरिबाना।

भीमफेदी

२०७९।०६।११

जिल्ला मकवानपुर भिमफेदी गा.पा. वडा नं.०६ स्थित ईलाका प्रहरी कार्यालयको चेक प्वाईट अगाडी प्र.नि.प्रतिमा कार्कीको कमाण्डमा खटिएको टोलीले सवारी साधनहरु चेक जाँच गर्ने क्रममा काठमाण्डौबाट विरगंज तर्फ जादै गरेको ना.१ ज ६०५१ नं. को सुमोले यात्रुहरु संग रु ९००।-(नौ सय) को दरले भाडा लिनु पर्नेमा सो नगरी ३ जना ब्यक्तिहरु संग रु.१,२००।-(एक हजार दुई सय) दरले बढि भाडा लिईएकोमा उक्त बढि लिईएको भाडा सम्बन्धित यात्रुलाई फिर्ता गराई सवारी चालकलाई रु.२,०००।- को जरिमाना काटि करवाही गरी गन्तव्य तर्फ पठाईएको ।