April 19, 2024

Bhimphedi Khabar

Bhimphedi Cable Network

उत्कृष्ट म्युजिक भिडियो तथा उत्कृष्ट नृत्य निर्देशक एवार्ड “भीमफेदी गायज” लाइ।

भीमफेदी

२०७९/०६/१०

राष्ट्रिय चिरपरिचित “भीमफेदी गायज” नृत्य ग्रुपले तामाङ सेलो भाकाको ” मालिङ्गो को बांसैमा” गितको प्रस्तुति संगै जुम्बलिग एवार्ड २०२२ मा उत्कृष्ट म्युजिक भिडियो तथा उत्कृष्ट नृत्य निर्देशक एवार्ड हात पारेको छ।

मेघा ईन्टरनेशल एवार्ड २०२२ को उक्त एवार्ड कलाकार मन्जित वाइबा र निर्मल लामाले ग्रहण गरेका हुन।

भीमफेदी गाउँ पालीका को नाम लाइ देश बिदेशमा चिनाउन सफल “भीमफेदी गायज” भने जति समय बित्यो तेति बिभाजित भएको भन्ने भीमफेदी गायज लाइ नजिक बाट मनपराउने दर्शक हरुलाई चिन्ता रहेको एक समर्थक ले बताएको छ।

पराइले चिनेको तर आफ्नैले नचिनेको भान रहेको भन्ने गुनासो सहित भीमफेदी गाउँ पालिकाले आफना गाउँ पालीका मा रहेका कुनै पनि बिधाका गहना को कदर नगरेको तथा सान्त्वना भरपोषण नगरेको जन गुनासो रहेको छ।