
भीमफेदि
२०७९/०५/२१
सामाजिक सञ्जालमा भीमफेदी गाउँ पालिका वडानं १ को वडा कार्यालयमा आर्थिक अनियमिता बारे गाउँ पालिका वडानं १का वडा सचिव ले सामाजिक सञ्जालमा फैलाइएको अफवाह बारे भीमफेदी खबरलाइ पुष्ट्याइ गरेको छ।
गत भाद्र ५ गत कार्यालयमा अम्मर लामा भन्ने सेवाग्राही नागरिकता को लागी आउदा निजको नागरिकता सिफारिश मा बिबिध प्राविधिक समस्या रहेकोले सबै कार्यालय गत प्रकृया पुरा गर्न सर्जमिन,शिफारिस तथा नागरिकता फारम दरखास्त पेश गर्दा गाउँ पालिका को आर्थिक ऐन अनुसार दुई हजार चार सय बिबिध शुल्क बुझाएको तथा सोहि दिन शुल्क को बिल नबुझेको र मिति २०७९/५/२० मा शफारिस सहित बिल बुझेको पुष्ट्याइ गरेको छ।
यसै गरी अर्का एक लक्षण प्रजाको पनि नागरिकता शिफारिसको क्रममा बिबिध कार्यालय प्रकृयागत सर्जमिन,शिफारीस दस्तुर कार्यालय को बिल बमोजिम रु उननतिस सय भुक्तानी लिएको दाबि गरेको छ।
बद्नियत बस चारित्रिक हत्या गर्न मात्र सामाजिक सञ्जाल मार्फत हल्ला फिजाएको गाउँ पालिका वडानं १ सचिव अमित श्रेष्ठ ले बताइएको छ।
यसै बिषयमा बिहिबार वडामा छलफल राखिएको बारे भीमफेदी खबरलाइ जानकारी गरेको छ।
More Stories
समाजसेवी अमात्य ध्दारा मन्दिर रङ्ग रोगन ।
जन्म दिनको खुशियाली लेकालि बिधार्थीका साथ ।
मकवानपुर जिल्लाको भीमफेदी गाउँपालिकामा भलिबल संघ गठन ।