
भीमफेदी
२०७९ श्रावण ३०
मकवानपुर जिल्लाको एतिहासिक पर्यटन शहर भीमफेदी गाउँ पालीका को पुरातात्विक महत्वको जात्रा मा युवाहरु को ढुकढुकी डि जे रूजेनको प्रस्तुति रहने बताएको छ।
भीमफेदी गाउँ पालीका श्री महेन्द्र माध्यमिक विद्यालय प्राङ्गणमा डि जे प्रस्तुत हुने तथा भीमआधार स्कुल प्राङ्गणमा बिबिध साँस्कृतिक कार्यक्रम सहित लोक दोहोरी प्रदर्शन गर्ने संयोजक जि.डि. एस लामा ले बताउनु भएको छ।
यस बर्षको भीमसेन जात्रा भाद्र ४ गते हुने भएको छ।यसै गरी सोहि दिन कृष्ण जात्रा पनि रहेको छ। भाद्र ३ गते बेलुकि ८ बजे जात्रा ब्यबस्थापन समितिका अध्यक्ष इश्वरमान श्रेष्ठ को गृह बाट भीमसेन मुकुट बजार परिक्रमा गरी भीमसेन मन्दिर मा स्थापना गरिने छ र सोहि मुकुट लाइ भाद्र ४ गते राती ९ बजे रथमा सिङगारेर बजार परिक्रमा गरिने छ।
यस पटक कोरोनाको लहरका कारण बिगत दुइ बर्ष जात्रा मा आकर्षक दिन नसकेकोले यस बर्षको भीमसेन जात्रा भव्यरूपमा पूजाआजा गरी मनाईंदै छ।धानगोदाम देखि ज्यासल टोल सम्म दोहरि झिलिमिली बत्ती जडान गर्न गाउँ पालीका वडानं ६ ले अनुरोध गरेको छ।
जात्रा लाइ ब्यबस्थापन मा कुनै कमि हुन नदिन सबै कार्यक्रम लाइ जिम्मेवारी पुर्वक अपनाउन गाउँ पालीका वडानं ६ अध्यक्ष तथा जात्रा संञ्चालन समितिको संयोजक सोमबहादुर घलान ले सबै वडाबासीमा अनुरोध गरेको छ।

More Stories
भीमफेदी गाउँपालिकामा कानुन विपरीत नदीजन्य पदार्थ चोरी निकासी ।
पाएनन् तलब शिक्षक ले, दशैं चाड रित्तो हात कृष्ण मा.बि.भैंसे।
चलचित्र ब्ल्याक छायाँ हेटौंडामा हुने विशेष शो को संकलन रकम दुवै मृर्गौला पिडीत मीना गोलेलाई ।