March 28, 2024

Bhimphedi Khabar

Bhimphedi Cable Network

भीमफेदी भीमसेन जात्रा भब्य रुपमा मनाउने तयारी मा ,गाइजात्रा आयोजना गर्दा ४ हजार रुपैयाँ बचत ।


भीमफेदी
श्रावण २८

भीमफेदीको नामाकरणको ईतिहाससँग गाँसिएको यो मन्दिर पहिले चिसापानी गढी मुनि फेदी, पारी वजारमा थियो । वि.स. २०११ सालको वाढीले वगाई अलि तल ल्याई पुरिएको अवस्थामा फेला परे पछि मुर्तिलाई खनेर निकाल्न खोज्दा जति गहिरो खन्यो उति नै तल जाने भै निकाल्न नसकी त्यही खनिएको गहिराई वरीपरि सिंढी र पर्खाल वनाई मुर्ति भएको ठाउँमा मन्दिर वनाई राखिएको छ र पछि वारी चल्तीमा आएको वजारमा नयाँ मन्दिर बनाई मुर्तिको प्रतिस्थापना गरिएको छ र हरेक वर्ष कृष्ण जन्माष्टमीको भोलि पल्ट भीमसेन रथयात्रा र पूजा अचर्ना गरी भोज खाने चलन रही आएको छ ।
सोही परम्परा लाइ कायम राख्दै आउदो २०७९ भाद्र ४ गते हुने भमिसेन जात्रा संचालन तथा ब्यबस्थापनको लागी  भीमफेदी वडानं ६ अध्यक्ष सोमबहादुर घलान को संयोजकमा  छलफल आयोजना गरी उक्त छलफल बाट ईश्वर मान श्रेष्ठको अध्यक्षतामा ९ सदश्यिय भमिसेन जात्रा  ब्यबस्थापन समिति गठन गरीएको छ ।
जात्रा संचालनको लागी गाउं पालीका भीमफेदी ले रु १०००००/-  अनुदान प्रदान गरेता पनी जात्रा संचालनको लागी रु ३०००००/-आबश्यक हुने भएकोले नपुग रकम श्रद्धालु भक्तजन बाट संकलन गर्ने बताउनु भएको छ ।यसैगरी भीमफेदी ज्योती पुस्तकालय को आयोजना मा गाइजात्रा सम्पन्न भएको छ।
मकवानपुर जिल्लाको पुरानो सदरमुकाम भीमफेदी गाउँपालिकामा गाइजात्रा पर्वको आयोजना गर्दा ४ हजार रुपैयाँ बचत भएको छ । स्थानीय ज्योति पुस्तकालयको आयोजनामा शुक्रबार निकालिएको गाइजात्रा पर्वमा विभिन्न व्यक्ति तथा संघ, संस्थाको सहयोग रहेको थियो ।
सहयोगवापत ९ हजार आम्दानी भएको जानकारी दिनुहुँदै गाइजात्रा आयोजना गर्दा ५ हजार रुपैयाँ खर्च भएको ज्योति पुस्तकालयका अध्यक्ष सुरेन्द्र राज थिकेले जानकारी दिनुभयो । बचत भएको रकम पुस्तकालयको कोषमा राखिने अध्यक्ष थिकेले बताउनुभएको छ ।
        पुरातात्त्विक ऐतिहासिक नेपाल काे राजधानि काठमाडौ प्रबेश पहिलाे नाका राहदानि सहित आवत जावत गर्नु पर्ने मकवानपुर जिल्लाकाे सदरमुकाम भीमफेदी बजार जिबन्त रहनुमा यहांकाे सांस्कृतिक महत्त्व रहेकाे छ ।
         अहिले जस्ताे टेलिभिजन,सिनेमाहल,माेबाईल, ईण्टरनेट जस्ताे सुबिधाभाेग्य मनाेरञ्जन का साधन नहुंदाकाे बखत टाेल बस्तिमा मनाेरञ्जनकाे माध्यम सडक नाटक,ख्याली,तथा प्रहसन नै थीयाे र भीमफेदी पनि एउटा केन्द्र बिन्दु नै थीयाे ।सहशताब्दि अगाडी जन्मनु भएका कवि कलाकार  स्व.गणेशलाल श्रेष्ठ जसलाई अग्रजकाे रूपमा लिन सकिन्छ।
           भीमफेदीमा महाभारत,कृष्णलिला ,प्रल्हादरलगायत थुप्रै प्रहसन हुने गरिने तथा पांच सात बर्ष अगाडि सम्म विशेष गाई जात्रा लाई लिएर ख्याली,लाखे नाच तथा प्रहशन हुने गर्दथ्याे ।
          अहिले यी सबै सांस्कृतिक संपदा ओझेल हुँदै छ।भीमफेदीमा बिगतका दिन हरूमा हुने घांसे गित,घिन्ताङ्ग घिसिङ्ग (लाठिनाच),साेरठि नाच तथा विभिन्न बिधामा घाेचपेच ख्यालि प्रहसन हुने गर्दथ्याे ।अहिले पनि तेस बेलामा युवा अबस्थामा सहभागी भएका कलाकार हाल बृद्वा अबस्थामा संझेर आफ्ना कथा सुनाउंछन पुर्ण बहादुर गाेले,सुर्ज बहादुर गाेले।ती समयमा आफ्नाे कला प्रस्तुति गर्ने कलाकार हरू आफ्ना काम बिशेषले बसाई गएता पनि अझै संम्झनामा राख्छन् जुन कलाकार बिनाेद प्रधान,चन्द्रलाल श्रेष्ठ,ओमलाल डिमडुङ्ग, उस बखतका जानेमाने कलाकार स्व.ईश्वर लाल श्रेष्ठ , स्व.लाल बहादुर लामा,स्व.चन्द्र लाल राजबहाक,स्व.कुन्दन बहादुर श्रेष्ठ ,स्व.महेश्वर लाल श्रेष्ठ ,स्व.राज साहि,स्व.महन्त लाल श्रेष्ठ स्व.प्रताप सिं माेक्तान ,स्व.बिल बहादुर डिमडुङ्ग, स्व.रत्न बहादुर श्रेष्ठ लाई आज पनि संम्मान राख्छ भीमफेदी बासि ।