
२१साउन२०७९
भीमफेदी
भिमफेदी गाउँपालिका वडा नम्बर ७ कोगटेमा दुग्ध संकलन तथा चिस्यान केन्द्रको स्थापना भएको छ । अमुल्य कृषि सहकारी संस्था लिमिटेडले दुग्ध संकलन तथा चिस्यान केन्द्रको स्थापना गरेको हो ।
शुक्रबार भिमफेदी गाउँपालिकाका अध्यक्ष हिदम लामाको प्रमुख आतिथ्यता तथा बागमती प्रदेश सहकारी विकास बोर्डका कार्यकारी उपाध्यक्ष एवम् केन्द्रिय दुग्ध सहकारी संघका अध्यक्ष नारायण प्रसाद देवकोटाको विशेष आतिथ्यतामा केन्द्रको उद्घाटन गरिएको छ ।

केन्द्रको उद्घाटन गर्दै कार्यक्रमका प्रमुख अतिथी एवम् गाउँपालिका अध्यक्ष हिदम लामाले पशुपालन गरेर दुध उत्पादन गरिरहेका किसानहरुका लागि दुध बिक्री गर्न अब निकै सहज हुने धारणा राख्नु भयो । कोगटेमा घाँस पर्याप्त रहेका कारण कम लागतमा दुध उत्पादन हुने भन्दै किसानहरु पशुपालनमा लाग्न चिस्यान केन्द्रको स्थापनाले थप प्रेरित हुने विश्वास लिएको बताउँदै गाउँपालिकाले दुग्धमा प्रति लिटर २ रुपैयाँ अनुदानको ब्यवस्था गरेको बताउनुभयो ।

कार्यक्रममा विशेष अतिथि बागमती प्रदेश सहकारी विकास बोर्डका कार्यकारी उपाध्यक्ष एवम् केन्द्रिय दुग्ध सहकारी संघका अध्यक्ष नारायण प्रसाद देवकोटाले कागटेमा उत्पादन भएको दुधलाई यहि नै विविधीकरण गर्नुपर्ने धारणा राख्नु भयो । देश भरीमा उत्पादन भएको दूध अपुग रहेकाले दूध बिक्री नहोलाकी भनेर चिन्ता गर्नुपर्ने अवस्था नभएकोले ढुक्क भएर दुग्ध उत्पादनका लागी पशुपालनमा लाग्न उहाँले किसानहरुलाई आग्रह गर्नुभयो ।
कागटेमा बसोबास गरिरहेका किसानहरुको पशुपालनबाट आयस्तरमा वृद्धि हुने अपेक्षाका साथ चिस्यान केन्द्रको स्थापना गरिएको सहकारीका अध्यक्ष दिनेश उपाध्यायले बताउनुभयो । उहाँले चिस्यान केन्द्र स्थापना गर्न विभिन्न निकायबाट आर्थिक तथा भौतिक सहयोग प्राप्त भएको भन्दै आगामी दिनमा पनि सहयोग प्राप्त हुनेमा आफू ढुक्क रहेको बताउनुभयो ।
सहकारीका अध्यक्ष उपाध्यायको अध्यक्षतामा भएको कार्यक्रममा भिमफेदी गाउँपालिकाका उपाध्यक्ष संजिव श्रेष्ठ , दिब्यतारा बहुउद्देश्यीय सहकारी संस्था हेटौंडाका अध्यक्ष डा. गणेश लामा , होटल ब्यवसायी संघका संस्थापक जिल्ला अध्यक्ष भगिरथ शर्मा , वनस्पति अनुसन्धान केन्द्रका जिल्ला प्रमुख रघुराम पराजुली , भिमफेदी गाउँपालिका वडा नम्बर ७ का वडाध्यक्ष मित्रबन्धु सिंजाली , जिल्ला सहकारी संघका ब्यवस्थापक गोविन्द दाहाल लगायतकाको आतिथ्यता रहेको थियो ।
संस्थामा अब सफ्टवेयर सहितको मिल्क एनालाईजर प्रविधिबाट दूध संकलन गरि त्यही नै चिस्यान केन्द्रको माध्यमबाट दुधलाई चिसो बनाईने संस्थाका ब्यवस्थापक राजकुमार आलेले बताउनुभयो ।
More Stories
अन्तर पालीका फुटबल खेलमा भीमफेदी गाउपालीकाको अग्रता कायमै ।
शनिबारबाट दोस्रो संस्करणको मकवानपुर जिल्लास्तरीय अन्तरपालिका फुटबल प्रतियोगिता सुरु,
भीमफेदी युवा मकवानपुर क्याम्पस स्व बि यु सभापतीमा बिजयी ।