April 25, 2024

Bhimphedi Khabar

Bhimphedi Cable Network

अगामी भाद्र बाट प्राथमिक स्वास्थ्य केन्द्र आपतकालीन सेवा सञ्चालन बन्द गर्ने स्वास्थ्य कर्मी को जानकारी।

भीमफेदी

२०७९/०४/१२

प्राथमीक स्वास्थ्य केन्द्र भीमफेदी मा कार्यरत कर्मचारी ले अगामी भाद्र १ गते बाट आपतकालीन सेवा सञ्चालन नगर्ने संयुक्त निबेदन गाउँ पालीका को कार्यालय मा पेश गरेको छ।

स्थानिय निकाय ले बिगत आर्थिक बर्ष ०७७/०७८ र ०७८/०७९ को आपतकालीन सेवाा कार्य गरे बापत प्रदान गर्ने सेवा सुबिधा प्रदान नगरेकोले आर्थिक बर्ष ०७९/०८०मा सेवा सुबिधा प्रदान गर्ने शुनिश्चित नभएमा भाद्र १ गते बाट आपतकालीन सेवा अबरुद्ध गर्ने बताएका छन्।

यस सम्बन्धमा स्वास्थ्य बिकास सहयोग समिति का अध्यक्ष भीमफेदी गाउँ पालीका वडानं ६ अध्यक्ष संग प्रतिक्रिया माग्दा बिगतको कार्य समितिको के कस्तो निर्णय रहेको यस बारे आफु अनुबिग्य रहेको तथा ०७९/०८० को आपतकालीन सेवा सञ्चालन सुबिधा प्रदान गर्न समिति ले निर्णय गरिसकेको बताइएको छ।

बिगत आर्थिक बर्ष को आपतकालीन सेवा सुबिधा के कति कारणले प्रदान नभएको सम्बन्धमा भीमफेदी गाउँ पालीका स्वास्थ्य संयोजक रामनाथ थिं संग प्रतिक्रिया माग्दा गाउँ पालीका को केहि प्राबिधिक कठिनाईका कारण रकम भुक्तानी नभएको तथा निकट चाडै सो बारे समाधान हुने बताएका छन्।