April 24, 2024

Bhimphedi Khabar

Bhimphedi Cable Network

कोदोको योगदान, खाद्य तथा पोषण सुरक्षामा बरदान” भन्ने मूल नाराका साथ दोश्रो कोदो दिवस

भीमफेदी

२०७९/०४/१५
राष्ट्रिय कृषक समूह महासंघको आयोजना तथा ANAJ Nepal र छवेली कृषक समूहको सहकार्यमा भीमफेदी गाउँपालिका वडा न. ५ छबेलीमा “कोदोको योगदान, खाद्य तथा पोषण सुरक्षामा बरदान” भन्ने मूल नाराका साथ दोश्रो कोदो दिवस मनाएको छ ।

महासंघका अध्यक्ष नवराज बस्नेतको सभाध्यक्षतामा संचालन भएको कार्यक्रममा राष्ट्रिय समावेशी आयोगका सदस्य विष्णू ओझाको प्रमुख आतिथ्यता र राष्ट्रिय किसान आयोगका सदस्य एवम् प्रवक्ता जीवन्ती पौडेलको विशेष आतिथ्यता रहेको थियो । कार्यक्रममा भीमफेदी गाउँपालिका वडा न, ५ का वडाध्यक्ष जहार सिं लामा, ६ न. का वडाध्यक्ष सोम बहादुर घलान, महासंघका संस्थापक अध्यक्ष उद्वव अधिकारी, अनाज नेपालका प्रतिनिधी भीमफेदीका कृषकहरु लगायतका सहभागीता रहेको थियो ।

कार्यक्रममा कोदो खेती यसको महत्व र उपयोगिताको विषयमा कृषि विज्ञ छवि पौडेलले जानकारी गराउनुभएको थियो । महासंघका महासचिव रिता बस्ताकोटीले संचालन गरेको कार्यक्रममा छवेली कृषक समूहका सदस्य दिपक पुडासैनीले स्वागत मन्तव्य राख्नुभएको थियो ।

कोदो दिवसको अवसरमा मकवानपुरगढी गाउँपालिकाले कोदो खेती प्रवर्द्वन र विविधिकरणको क्षेत्रमा गरेको प्रयासहरुको विषयमा अनुभव राख्ने अवसर दिनुभएकोमा आयोजक टिम लगायत सम्पूर्णमा हार्दिक आभार सहित धन्यवाद ।