
भीमफेदी
२०७९ श्रावण १०
ज्योति पुस्तकालय ध्दारा एतिहासिक भीमसेन जात्रा सञ्चालन तथा व्यवस्थापन सम्बन्धमा एक अन्तरक्रिया सम्पन्न गरेको छ।
ज्योति पुस्तकालय भीमफेदी संयोजक सुरेन्द्र राज थीके को संयोजकमा भीमफेदी गाउँ पालिकाको ६ नं वडा अध्यक्ष सोम बहादुर घलान को प्रमुख आतिथ्यमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो।
अन्तरक्रिया कार्यक्रममा वडा नं ६ का महिला सदस्य सुमित्रा लामा,वडा सदस्य कुमार लामा,बिजय लामा तथा भीमसेन मन्दिर ब्यबस्थापन समिति अध्यक्ष ईश्वर मान श्रेष्ठ को आतिथ्य रहेको थियो।
भीमफेदी भीमसेन जात्रा यहि आउदो भाद्र ४ गते रहेको छ। अन्तरक्रिया ले भीमसेन जात्रा सञ्चालन समिति अध्यक्ष मा भीमफेदी गाउँ पालिकाको वडानं छ अध्यक्ष सोमबहादुर घलान लाइ अध्यक्ष मा मनोनित गरेको छ। मनोनित अध्यक्ष सोमबहादुर घलान लाइ ज्योति पुस्तकालय संयोजक सुरेन्द्र राज थीके ले खादा बाट सम्मानित सहित जात्रा सञ्चालन सफलताको बधाई ब्यक्त गरेका थिए।
More Stories
अन्तर पालीका फुटबल खेलमा भीमफेदी गाउपालीकाको अग्रता कायमै ।
शनिबारबाट दोस्रो संस्करणको मकवानपुर जिल्लास्तरीय अन्तरपालिका फुटबल प्रतियोगिता सुरु,
भीमफेदी युवा मकवानपुर क्याम्पस स्व बि यु सभापतीमा बिजयी ।