
भीमफेदी
२०७९ श्रावण ५
एमाले मकवानपुरका अध्यक्ष एकालाल श्रेष्ठको अध्यक्षता तथा एमाले एमाले पार्टी स्थायी कमिटीका सदस्य तथा बाग्मती प्रदेश इञ्चार्ज काशिनाथ अधिकारीको प्रमुख आतिथ्यतामा जिल्ला बैठक सम्पन्न भएको छ।
नेकपा एमालेका स्थायी कमिटी सदस्य एबम् बागमती ईन्चार्ज काशीनाथ अधिकारीले मोर्चा गठबन्धनका कारण देश बनेको ईतिहास नभएको बताउनु भएको छ । देश बनाउन सशक्त पार्टी चाहिने भन्दै उहाँले एमाले यो मुलुकको सशक्त पार्टी भएको दाबि गर्नुभयो । एमालेसंग देश बनाउने सामर्थ्य रहेको भन्दैअधिकारीले अब आउने निर्बाचनमा जनता माझ जनताकै एजेन्डा लैजाने बताउनुभयो । ४० वटा स्थानीय तहमा एमालेले कसिलो गठबन्धनलाई परास्त गरेको उहाँले दाबि गर्नुभयो ।
बैठकले आगामी कार्ययोजनामा ४५ दिन संगठन शुद्धिकरण तथा सुदृढीकरण अभियान २०७९ सञ्चालन गर्ने, पार्टीको पालिका, वडा र टोल स्तरमापूर्व तयारीका साथ बैठक बस्ने, टोल कमिटी गठन गर्न बाँकी टोल कमिटीहरु गठनगर्ने, निस्कृय र विवादास्पद कमिटीहरु पुन गठन गर्ने, पार्टी सदस्यअभियानको रुपमा नवीकरण गर्ने, मापदण्ड पुगेकाको नयाँ सदस्यताफारम भर्ने, जनसंगठनको जिल्ला सम्मेलनआयोजना गर्ने, पालिका कमिटी र वडा कमिटीहरु व्यवस्थितगर्ने, पार्टीको पालिका, वडास्तरसम्म र जनसंगठनको पालिकास्तरसम्म, जनप्रतिनिधिहरुको पालिका स्तरमा प्रशिक्षण कार्यक्रम आयोजन गर्ने भएको छ ।
यसैगरी प्रदेश, जिल्ला र पालिकास्तरमा अग्रजबाट सिकौँ र अग्रजहरुलाई सम्मान गरौँ कार्यक्रम आयोजना गर्ने, बुद्धिजिवी, विषय विज्ञहरुसंग पार्टीप्रतिको आसुन्टष्टि आलोचना, सुझाव र टिप्पणी के छन् जिल्ला र पालिकास्तरमा सुझाव संकलन गर्ने, वडा तहसम्मको पार्टी कार्यालय व्यवस्थितगर्ने, जिल्ला र पालिकाको आन्तरीक लेखापरिक्षण गर्ने, पार्टी प्रवेश गर्नु भएकाकमरेडहरुलाई पालिका कमिटीको सक्रियतामा प्रवेश फर्म भराउने, अभिलेख राख्ने र जिम्मेवारी दिने ।यसको संयोजन जिल्ला संगठन विभागले गर्ने, प्रतिनिधिसभा र प्रदेशसभाको क्षेत्रस्तरमायथार्थ राजनीतिकशक्ति सन्तुलन के छ जानकारी लिन, आगामी निर्वाचनलाई ध्यानमा राखेर छुट भएकाहरुलाई मतदाता नामावलीमा नाम समावेश गराउन पहल गर्ने, अभियान अवधिमा भएगरेका कार्यहरुको प्रचारलाई व्यवस्थित बनाउनको लागि जिल्ला र पालिका कार्यालयमा सूचना व्यक्ति तोक्नुपर्ने, पार्टी पालिका कमिटीले पार्टी पालिका कमिटी सदस्यहरु तथा वडा कमिटीका सदस्य तथा पदाधिकारी तथा सदस्यहरुको र जनवर्गिय संगठनको जिल्ला कमिटीका पदाधिकारी तथा सदस्यहरुको नाम, ठेगाना, कार्यक्षेत्र र फोन नं. सहितको विवरण साउन मसान्तसम्म उपलब्ध जिल्ला कार्यालयमा पठाईसक्नु पर्ने लगायतका निर्णयहरु गरिएको छ ।
यसैगरी एमाले मकवानपुरको पार्टी जिल्ला कमिटीको आयोजनामा देशमा बढ्दो मंहगी, भ्रष्टाचार, अनियमिता, हत्या, हिंसा वेथिति विरुद्ध साउन १० गते हेटौँडामा प्रदर्शन गर्ने निर्णय गरिएको छ । स्थानीय निर्वाचनपछि पालिकाहरुले राजनीतिक पूर्वाग्रहको आधारमा ज्यालादारी र करार कर्मचारि हटाउने निर्णय खेद जनक रहेको र जनताको साझा निकाय स्थानीय तह भएकोले यसप्रति पार्टी जिल्ला कमिटीको गम्भीर ध्यानाकर्षण भएको छ । यसलाई सच्चाउन र निस्कासित कर्मचारीको बहालीको लागि आग्रह गर्ने निर्णय गरिएको छ । स्थानीय तहमा नेतृत्व परिवर्तन संगै विगतको स्थानीय नेतृत्वले अघि सारेका गौरव र लोकप्रिय दिर्घकालिन योजनाहरु कटौती गर्ने र तोडमोड गर्ने कार्य भएको छ, यसप्रति जिल्ला कमिटीको ध्यानाकर्षण भएको छ । यसबारे सम्बन्धित स्थानीय तहको नेतृत्वलाई सचेत गराउने निर्णय गरिएको एमाले मकवानपुरका सचिब नविन सिग्देलले बताउनुभयो ।
More Stories
भीमफेदी गाउँपालिकामा कानुन विपरीत नदीजन्य पदार्थ चोरी निकासी ।
पाएनन् तलब शिक्षक ले, दशैं चाड रित्तो हात कृष्ण मा.बि.भैंसे।
चलचित्र ब्ल्याक छायाँ हेटौंडामा हुने विशेष शो को संकलन रकम दुवै मृर्गौला पिडीत मीना गोलेलाई ।