
भीमफेदी
२०७९ अषाढ ३०
भीमफेदी खबरले बिगत “स्तम्भ उभिरहेको छ लोककबि गणेश लाल श्रेष्ठ को प्रतिमा प्रहरी कार्यालय को कुनामा”शिर्षक समाचार प्रकाशित भएपछि मुर्ति सरोकारवाला ले पुनः आउदो श्रावण ५ गते कबि गणेश लाल श्रेष्ठ को जन्मदिन मनाउँदै प्रतिमा पुनर्स्थापना गर्ने योजना अनुसार आज भीमफेदी गाउँ पालिकाको वडानं छ का अध्यक्ष सोम बहादुर घलान को अध्यक्षमा समाजसेवी महेन श्रेष्ठ को उपस्थिति मा स्थानिय संग भएको अन्तरक्रिया ले ऐतिहासिक फोहरा धारा परिसरमा उक्त प्रतिमा नराख्न सुझाव दिएका छन्।
उक्त स्थानियको सुझाव पछि आउदो ५ गते लोक कबि गणेश लाल श्रेष्ठ को प्रतिमा पुनर्स्थापना गर्ने कार्यक्रम झिनो रहेको छ।गत बर्ष श्रावण महिनामा परराष्ट्र बिउ हिरण्य लाल श्रेष्ठ बाट प्रतिमा अनावरण गर्ने भनिएको रात नै प्रतिमा चोरी भएको थियो। स्थानिय र प्रहरी को सकृयतामा प्रतिमा चिसापानी पुलको फोहोर को थुप्रो मा फेला परेको थियो।सोहि बखत देखि प्रतिमा इलाका प्रहरी कार्यालय को निगरानी मा राखिएको छ।
More Stories
अन्तर पालीका फुटबल खेलमा भीमफेदी गाउपालीकाको अग्रता कायमै ।
शनिबारबाट दोस्रो संस्करणको मकवानपुर जिल्लास्तरीय अन्तरपालिका फुटबल प्रतियोगिता सुरु,
भीमफेदी युवा मकवानपुर क्याम्पस स्व बि यु सभापतीमा बिजयी ।