November 29, 2023

Bhimphedi Khabar

Bhimphedi Cable Network

भीमफेदी भीमसेन मन्दिर मा क्षेमा पुजा आयोजना सम्पन्न।


भीमफेदी
२०७९/०३/२६

परम्परागत बिषाशय क्षेमा पुजाको आयोजनामा आज भीमसेन मन्दिर मा क्षेमा पुजा आयोजना सम्पन्न भएको छ।
भीमफेदी सना गुठीका प्रमुख तथा नेवा:पुच भीमफेदी का नाय श्री केशब नारायण मुल्मीले पुजा आराधना आरम्भ सहित सम्पूर्ण भक्त जनको पुजा ग्रहण गरेको हो।
क्षेमा पुजामा भीमफेदी का दर्शनार्थी ले आ आफना घर बाट बिभिन्न परिकार मन्दीर मा प्रदान गर्ने तथा पुजा सम्पन्न पश्चात सोहि संकलित परिकार लाइ उपस्थित भक्तजनमा प्रसादी बितरण गरिन्छ।
क्षेमा पुजामा हेटौडा,भैसे, कुलेखानी बाट समेत सहभागिता रहेको थीयो। कार्यक्रम मा भीमफेदी गाउँ पालिकाको कार्यकारी प्रमुख भीम महर्जन, ईलाका प्रहरी कार्यालय प्रहरी निरीक्षक प्रतिमा कार्की, लगायत को उपस्थित रहेको थियो।