
भीमफेदी
२०७९ अषाढ २६
भीमफेदी गाउँ पालिकाले थालनी गरेका कार्य हरुको अनुभुति बिस्तारै जनतामा आभास हुन थालेको छ।
भीमफेदी गाउँ पालिकाको बिकट मानिने वडामा निर्माणाधिन २ वटा झोलुङ्गे पुल निर्माण सम्पन्न भएको छ ।भीमफेदी गाँउपालिका वडा नम्बर ५ को राप्ती खोलाको शिरमा दमार र सोलाभन्ज्याङ बस्ती जोड्ने ११५ मिटरको झोलुङ्गे पुल ५२ लाखको लागतमा र भीमफेदी ८ इपा खोलामा इपा गाँउ र सल्ले धार्के महाभीर बस्ती जोड्ने १९० मिटरको पुल सम्पन्न लागत रु ७६ लाख मा एकै दिन एकै साथ सम्पन्न भएको हो । गाउँ पालिकाको अध्यक्ष हिदम लामा ले आफ्नो सामाजिक सञ्जाल मार्फत “जनताले विकासको प्रतिफल प्राप्त गर्दैछ” भन्ने भनाई ब्यक्त गरेका छन। ।
More Stories
अन्तर पालीका फुटबल खेलमा भीमफेदी गाउपालीकाको अग्रता कायमै ।
शनिबारबाट दोस्रो संस्करणको मकवानपुर जिल्लास्तरीय अन्तरपालिका फुटबल प्रतियोगिता सुरु,
भीमफेदी युवा मकवानपुर क्याम्पस स्व बि यु सभापतीमा बिजयी ।