
भीमफेदि
२०७९ अषाढ २४
भीमफेदी–६ स्थित बहुउद्देश्यीय खेल मैदानमा खुला व्यायामशाला स्थानिय बहुउद्देश्यीय खेल मैदान र भीमफेदी गाउँ पालिकाको वडा नं ६ कार्यालय को समन्वयमा निर्माण हुने भएको छ ।
यसै गरी आयुर्वेद तथा चिकित्सा वैकल्पिक महाशाखाको “निरोगी नेपाल निर्माण अभियान” अन्तर्गत हेटौंडाको हुप्राचौरमा खुला व्यायामशाला निर्माण गरिएको छ । खुला व्यायामशालामा १५ प्रकारका जीम सामग्री जडान गरिएको छ । उपमहानगरपालिकाले अहिले तत्काल तीन ठाउँमा खुला व्यायामशाला निर्माण गर्न सिफारिस गरेको हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरिक्षक भोला प्रसाद चौलागाईले जानकारी दिनुभयो । हेटौंडा–४ स्थित हुप्राचौर, हेटौंडा–१ स्थित राप्तिपुल नजिक र हेटौंडा–५ स्थित पिप्ले क्याम्पा रंगशाला नजिकै खुला व्यायामशाला निर्माण गरिने भएको छ ।
भीमफेदी व्यायामशालाका लागि बहुउद्देश्यीय खेल मैदान ले जग्गा उपलब्ध गराउने भीमआधार सामुदायिक विद्यालय प्रमुख सुरेन्द्र राज थीके ले जानकारी दिनुभयो । भीमफेदीमा निर्माण गरिने व्यायामशाला आर्थिक बर्ष ०७९/०८० निर्माण गर्ने लक्ष्य रहेको गाउँ पालिका ६ नं वडा अध्यक्ष सोम बहादुर घलान ले बताउनु भएको छ। व्यायामशाला निर्माण भएसँगै शारीरिक कसरतको लागि धेरै फाइदा हुने “अहिले नसर्ने रोगहरुको प्रकोप बढी रहेको छ । संसारमा नसर्ने रोगका कारण ६० प्रतिशत मृत्यु हुने गरेको पाइन्छ । यसलाई व्यायाम गरेर घटाउन सकिन्छ ।” उहाँले भन्नुभयो, “अहिलेका मान्छेहरुमा शारीरिक क्रियाशिलता कम भईरहेको छ । जसले गर्दा विभिन्न रोग देखा पर्न सक्छन् । रोगहरु लाग्नबाट बच्न व्यायामशाला सहयोगी बन्छ ।”
शारीरिक परिश्रम नगर्ने मानिसहरुले बिहान वा बेलुका अनुकल अनुसार व्यायमशालामा राखिए सामाग्रीहरुबाट आफ्नो शरीरलाई चलाएमान बनाउन सक्ने उहाँको भनाई छ । व्यायाम गर्दा शरीरका अङ्गहरु चलायमान हुने, फुर्तिलो र निरोगी बन्ने बताउनुभयो ।
More Stories
नेवा :समुदाय भीमफेदीको ब्रिक्षरोपण कार्यक्रम ।
कारको पछाडी डिक्की भित्र फल्स बटम बनाई लुकाई लागूऔषध गाँजा,
बहुउद्देश्यीय खेल मैदान भीमफेदी प्रती युवाहरु को उत्सुकता।