
भीमफेदी
२०७९/०३/२२
भीमफेदी गाउँ पालिकाको पुरानो एकमात्र खेलकुद मैदान सिमलटारी खेल मैदानमा स्थानिय युवा खेलाडी हरु को खेल सपना “आकासको फल आंखा तरी मर” भनेझैं उद्देश्य बिहिन बन्न गएको छ।
गाउँ पालिकाले बिगत पांच बर्ष देखी फुटबल मैदान स्तरीकरण गर्ने योजना गरेर लाखौं रकम खर्चिदा पनि खेल मैदान ले रुप लिन सकेको छैन।
बिना गुरुयोजना खेल मैदान बनाउने होडबाजी मा योजना बिहिन कार्य गरे कारण खेलमैदान ले कुनै रुप लिन नसकेको स्थानीय युवा हरु बताउछन्। अन्य मैदानमा खेलाइने खेललाई रकम लगानी गर्छन तर आफ्नै घरेलु मैदानमा कुनै प्रगति नभएको भन्ने गुनासो स्थानिय खेलकुद प्रेमि युवाहरु सामाजिक सञ्जालमा रोष व्यक्त गरेको पाइन्छ।
खेलप्रेमी युवाहरु अहिले हातमा कुटो कोदालो,ज्यावल बोकेर खेलमैदान सफाइ गर्ने दृश्य खुबै हेर्न सकिन्छ। राजनैतिक दलिय भातृसंगठन खेलकुद संघ हरु पनि निर्वाचन मा दलिय मोर्चाको कार्यगर्ने बाहेक कुनै स्थानिय खेलकुद आयोजना नगरेको स्थानिय खेलकुद प्रेमि युवाहरु को गुनासो रहेको छ।
यस बर्ष ०७९ /०८० मा पनि सिमलटारी खेलमैदान तथा थान्सिङ्ग खेलकुद मैदान मा योजना सम्बोधन भएको तर खेलकुद को लागि कुनै शिर्षक नराखेको मा खेद ब्यक्त गरेका छन्।
More Stories
भीमफेदी गाउँपालिकामा कानुन विपरीत नदीजन्य पदार्थ चोरी निकासी ।
पाएनन् तलब शिक्षक ले, दशैं चाड रित्तो हात कृष्ण मा.बि.भैंसे।
चलचित्र ब्ल्याक छायाँ हेटौंडामा हुने विशेष शो को संकलन रकम दुवै मृर्गौला पिडीत मीना गोलेलाई ।