
भीमफेदी
२०७९ अषाढ १४
राष्ट्रिय लोक कबि गणेश लाल श्रेष्ठ को अर्ध्दकदको प्रतिमा हाल ईलाका प्रहरी कार्यालय को एउटा कुनामा तेर्सिएको छ।
राष्ट्रिय लोक कबि गणेश लाल श्रेष्ठ को प्रतिमा अनावरण का दिन नै चोरी भएको थियो। स्थानीय तथा इलाका प्रहरी को सहयोग मा हराएको तेश्रो दिन चिसापानी जाने सडकको फोहरमा प्रतिमा फ्याकिएको अवस्थामा फेला परेका हुन्।
प्रतिमा निर्माण समितिले उक्त प्रतिमा हराएकै बखत भीमफेदी गाउँ पालीका अध्यक्ष हिदम लामा लाइ हस्तान्तरण पत्र थमाएको हो।तर सो बखत सम्म हराएको प्रतिमा फेला परेको थिएन।हराएको प्रतिमा फेलानै नपारी हस्तान्तरण कसरि हुन्छ भन्ने कौतुहल सोहि बखत भएको थियो।
हाल सो प्रतिमा इलाका प्रहरी को संरक्षण मा रहेता पनि त्यस प्रति कसैको चासो रहेको छैन्। कार्यक्रम को लागि नै कार्यक्रम गरे जस्तै सो प्रतिमा बारे कसैले सोधपुछ नगरेको बताएका छन्।
उक्त प्रतिमा निर्माण तथा स्थापना समितिको संयोजक हाल हेटौडा महनगर पालिका को वडानं २ का अध्यक्ष बिष्णु गोपाल महर्जन हुनु हुन्छ भने संरक्षक स्व.लोककबि गणेश लाल श्रेष्ठ का सुपुत्र केशब लाल श्रेष्ठ हुनु हुन्छ।न संस्थागत न पारिवारिक कुनै निकायले चासो नराखे पछि शिला स्तम्भ उभीरहेको छ प्रतिमा प्रहरीको संरक्षणमा रहेका छन्। हालसम्म उक्त प्रतिमा कस्ले चोरिएको भन्ने प्रहरीले पत्ता लगाउन सकेको छैन।
More Stories
नेवा :समुदाय भीमफेदीको ब्रिक्षरोपण कार्यक्रम ।
कारको पछाडी डिक्की भित्र फल्स बटम बनाई लुकाई लागूऔषध गाँजा,
बहुउद्देश्यीय खेल मैदान भीमफेदी प्रती युवाहरु को उत्सुकता।