March 29, 2024

Bhimphedi Khabar

Bhimphedi Cable Network

नेवा: समुदायमा कसरी जन्मदिन मनाउँछ?

भीमफेदी

२०७९ अषाढ १२

कला, सँस्कृति, सभ्यता, जात्रापर्वको धनि नेवा: समुदायको जन्मदिन मनाउँने अलगै तरिका छ । नेवा: समुदायले तीथि अनुसार जन्मदिन मनाउँने गर्दछ । जन्मदिन कहिले परेको छ भनि थाहा पाऊन आफ्नो जन्म तीथिको आसपास अगाडी सो व्यक्तिको जात: (जन्म कुण्डली) देखाऊन जाने गरिन्छ । जन्मदिन परेको दिन नेवा: समुदायको घरबाट धौ बजि (दहि चिऊरा) दिने चलन रहेको छ । यो कार्य बिहानै गरिन्छ । यदि कसैको घरभित्रको सदस्यको जन्मदिन परेको छ भने जन्मदिन परेको व्यक्ति स्वयंम मन्दिरमा गएर वा सो व्यक्तिको नाममा चामल ढोगाएर मन्दिरमा पुजा गइन्छ । त्यस पछि टोलका मान्छेलाई बोलएर दहि चिऊरा बाड्ने गरिन्छ, दहि चिऊरासँगै भिजेको केराऊ लगायत अन्य फलफुल सँगै द्रव्य दिईन्छ । त्यसपछि जन्मदिन परेको सदस्यलाई सुकुन्दा बालेर पुजा गरि सगुन दिने गरिन्छ ।

हिजोआज भने शहरी क्षेत्रमा दहि चिऊरा बाड्ने प्रचलन हराउँदै गएको पाईन्छ । दहि चिऊरा बाड्नु सट्टा पश्चिमा संस्कृतिलाई अँगाल्दै केक काट्ने चलन बढ्न थालेको छ । सुकुन्दामा बत्ति बालेर जन्मदिनलाई शुभ बनाऊने नेवा: समुदायले हिजोआज जानीनजानी केकमा मैनबत्ती निभाएर जन्मदिन मनाइरहेको छ । बढ्दो आधुनिकतामा पश्चिमा संस्कृतिलाई अँगाल्दा अँगाल्दै आफ्नो नेवा: संस्कृति हराउँदै छायाँमा परिसकेको छ । अहिलेसम्मको पुस्तालाई यो संस्कृति बारे जानकारी होला तर के यो पछिको नयाँ पुस्तालाई यो जन्मदिनको संस्कृति प्रकृया बारे थाहा होला र! हामि आफ्नो महत्व भुलेर देखावटी फेसनको रूपमा अरूको संस्कृतिलाई बढावा दिइरहेका छौं ।

अहिले नै आफ्नो बालबच्चालाई हाम्रो संस्कृतिको महत्व थाहा नदिने हो भने हाम्रो अस्तित्व, सभ्यता माथि प्रश्न चिन्ह खडा हुनेछ । पश्चिमा संस्कृति अनुसरण गर्दै आफ्नो संस्कृति पनि जोगाऊनु हाम्रो दायित्व, कर्तव्य हो ताकि आफ्नो मौलिक संस्कृति विलिन नहोस् ।