
All-focus
भीमफेदी
२०७९ अषाढ ४
भीमफेदी गाउँ पालिकाको स्वास्थ्य शाखा द्वारा प्राथमिक स्वास्थ्य केन्द्र भीमफेदी बाट सेवा प्रदान गरिने परिवार नियोजन अस्थायी साधन कण्डम,पिल्स,डिपो लगायत आयुसिडि,इम्पलाण्ट लाई सेवा प्रदायक समय सुनिश्चितता सम्बन्धित छलफल गरेको छ।
कण्डम,पिल्स,डिपो सेवा कार्यालय समयभित्र जुनसुकै बेलामा उपलब्ध गराउन सकिने भएतापनि आयुसिडि, इम्पलाण्ट सेवा समेत नियमित सेवा मा दिन सकिने बताएका छन्।
प्राथमिक स्वास्थ्य केन्द्रमा आयुसिडि,इम्पलाण्ट सेवा प्रदायक प्राबिधिक सम्बन्धित विषयमा एक/एक जना मात्र रहेको छ। छलफलमा अन्य प्राबिधिक लाइ समेत सम्बन्धित विषयमा प्रशिक्षण गर्न आवश्यक महसुस भएको आजका कार्यक्रम का सभापति गाउँ पालिकाको वडानं ६का अध्यक्ष सोमबहादुर घलान ले बताउनु भएको छ।

कार्यक्रममा गाउँ पालिकाको स्वास्थ्य अधिकृत पुष्पा मिश्रा, प्राथमिक स्वास्थ्य केन्द्र प्रमुख डा.प्रियङ्का चौधरी,सिअहेव सुनिल झा,सिअनमि जुना घिसिङ, अनमि निशा लामा,नेपाली कांग्रेस दल प्रतिनिधि बन्दना बसेल, नेकपा एमाले प्रतिनिधि सरिता परियार, महिला स्वास्थ्य स्वयं सेविका लिला देबि गोले,सुकुमाया लामा,सुकुमाया लिम्बु,भिमा लामा,सिता लामा, महेन्द्र माध्यमिक विद्यालय शिक्षक प्रतिनिधि बिनिता पौड्याल र सञ्चारकर्मी को उपस्थिति रहेको थियो
More Stories
अन्तर पालीका फुटबल खेलमा भीमफेदी गाउपालीकाको अग्रता कायमै ।
शनिबारबाट दोस्रो संस्करणको मकवानपुर जिल्लास्तरीय अन्तरपालिका फुटबल प्रतियोगिता सुरु,
भीमफेदी युवा मकवानपुर क्याम्पस स्व बि यु सभापतीमा बिजयी ।