
२०७९ अषाढ ४
भीमफेदी ।
नेकपा एमालेको बामगती प्रदेश कमिटीले प्रदेशभित्रबाट स्थानीय तहको प्रमुख र उपप्रमुखमा विजयी भएका जनप्रतिनिधिहरूलाई सम्मान र हाैसलासहित बधाई ज्ञापन गरेको छ । शुक्रबार काठमाडाैँको साैगात पार्टी प्यालेसमा एक विशेष समारोहको आयोजना गरेर बामगती प्रदेश कमिटीले सबै जनप्रतिनिधिलाई सम्मान गरेको हो । कार्यक्रम मा भीमफेदी गाउँ पालीका अध्यक्ष हिदम लामा को उपस्थित रहेको थियो।
एमाले बागमती प्रदेश कमिटीका उपसचिव एवं प्रचार विभागका प्रमुख महेश बर्ताैलाका अनुसार बागमती प्रदेशका ११९ स्थानीय तह मध्ये एमालेले २६ जना प्रमुख र ३४ जना उपप्रमुख जितेको छ । एमालेले १७ वटा गाउँपालिका अध्यक्ष र ९ वटा नगरपालिकाको प्रमुख जितेको छ । त्यस्तै ११२१ वडा अध्यक्ष मध्ये एमालेले ३६३ माविजय प्राप्त गरेको छ । बागमतीको कुल ५८०६ जना जनप्रतिनिधि मध्ये एमालेबाट २०५५ निर्वाचित भएको र जिल्ला समन्वय समितिको नेतृत्वमा रसुवा, चितवन र भक्तपुरमा एमालेको नेतृत्व स्थापित भएको उपसचिव बर्ताैलाले बताए ।
More Stories
समाजसेवी अमात्य ध्दारा मन्दिर रङ्ग रोगन ।
जन्म दिनको खुशियाली लेकालि बिधार्थीका साथ ।
मकवानपुर जिल्लाको भीमफेदी गाउँपालिकामा भलिबल संघ गठन ।