April 23, 2024

Bhimphedi Khabar

Bhimphedi Cable Network

चण्डेश्वरी सा.को.स द्वारा मानब बेचबिखन विरुद्ध सचेतना कार्यक्रम।

भीमफेदी

२०७९अषाढ ३

सामाजिक विकास मन्त्रालय भीमफेदी गाउँ पालिकाले चण्डेश्वरी महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेड को आयोजना मा दुई दिवसिय “लैङ्गिक हिंसा मानब बेचबिखन तथा ओसारपसार नियन्त्रण संबन्धित सचेतना कार्यक्रम” सम्पन्न गरेको छ।

कार्यक्रम चण्डेश्वरी महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष साबित्री बलको सभा अध्यक्षतामा सम्पन्न भएको हो। कार्यक्रममा सामाजिक बिकास अधिकृत दुर्गा घिमिरे,चण्डेश्वरी महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेड सेफ हाउस प्रमुख सुमित्रा श्रेष्ठ,माइति नेपाल जिल्ला प्रमुख माया लामा,यु से स जिल्ला प्रमुख कुमारी वाइबा ले सहजिकरण गरेको थियो। कार्यक्रममा चालिस जना महिलाको सहभागिता रहेको थियो।