
भीमफेदी हात्तीसार संग्रहालय जिप लाईन सहितको पार्क निर्माण हुदै।
२०७९/०२/३०
भीमफेदी
राणाकालीन हात्तीसार संग्रहालय स्थानीय सरकार, संघीय प्रदेश सरकार तथा केन्द्रीय सरकारको संयुक्त पहलमा सुबिधा युक्त स्विमिङ पुल सहितको आकर्षक पार्क निर्माण हुने भनिएको योजना ढिलाई भएको छ।
यसैगरी भीमफदी खोर भञ्ज्याङ्ग बाट हात्तीसार निकट सम्मको जिप लाईन पर्यटकीय क्रिडास्थल पनि बन्ने गुरु योजना रहेको बिगत कार्यक्रममा प्रष्ट पारीएको थियो।
हाल बन कार्यालय मातहतमा रहेको बत्तिस रोपनी जग्गामा बिभिन्न योजना सहितको निर्माण संगै आकर्षक प्रबेश द्वार , बेलायती महारानी ऐलिजाबेथ द्दितिय प्रतिमा सहित श्री ३ महाराज जंगबहादुर राणाको शालिक,दुई वटा हात्ती को मुर्ति स्थापना गर्ने कार्य अझै थालनी हुन सकेको छैन।
पुर्ब बागमती प्रदेश सरकार उधोग पर्यटन बन तथा वातावरण मन्त्री अरुण नेपाल को उपस्थिति मा छलफल बाट गुरु योजना सहित बागमती प्रदेश सरकार उधोग पर्यटन बन तथा वातावरण मन्त्रालय सचिव सिन्धु प्रसाद ढुंगाना लगायत को उपस्थित निर्णय गरीएको योजना ढिला सुस्ति भएकोमा जन स्तरमा चासो बढेको छ ।
More Stories
अन्तर पालीका फुटबल खेलमा भीमफेदी गाउपालीकाको अग्रता कायमै ।
शनिबारबाट दोस्रो संस्करणको मकवानपुर जिल्लास्तरीय अन्तरपालिका फुटबल प्रतियोगिता सुरु,
भीमफेदी युवा मकवानपुर क्याम्पस स्व बि यु सभापतीमा बिजयी ।