
भीमफेदी
२०७९ जेष्ठ २७
ऐतिहासिक २०१० सालमा स्थापना भएको ज्योती पुस्तकालय ले पुस्तकालय मा आगन्तुक अध्ययन कर्ताको लागी पुस्तकालय परिसरमा सर्बसाधारणको लागि निशुल्क वाइफाइ सेवा सुबिधा प्रदान् गरेको छ।
पुस्तकालय संयोजक सुरेन्द्र राज थिके ले अहिलेको २१ शताब्दीको समयमा सम्पुर्ण नागरिक सुचना संग नजदिक हुन ईन्टरनेट सेवा सुबिधा मा पहुंच पुर्याउन यो सराहनिय कार्य थालनी गरेको बताएका छन्।
पुस्तकालय प्रति पाठकको आकर्षण बढाउन तथा सर्बसाधारणको पहुंच मा सञ्चार को आवश्यकता पहिचान गरी भीमफेदी गाउँ पालीका को सहकार्य सहयोग लिएर सो सेवा प्रदान गरेको तथा उक्त वाइफाइ सेवा बिहान ८:०० देखी बेलुकी ७:०० बजे सम्म सेवा लिन सकिने बताएका छन्।
पुस्तकालयमा २५७ थान बिबिध बिषयका पुस्तक रहेको र बिबिध सुचनाको जानकारी लिन दुई वटा कम्प्युटर डेस्कटप बाट समेत अध्ययन अध्यापनको ब्यबस्थापन गरेको बताएका छन्।

पुस्तकालय अध्ययन को लागि स्वयं सेवक मार्फत बेलुकि ४:०० देखी ७:०० सम्म पुस्तकालय खुल्ला रहने बताइएको छ। पुस्तकालय को स्तर बढाउन यहि २०७९ जेष्ठ २९ गते पुस्तकालय अभियान प्रथम बार्षिक अवसरमा १:०० बजे पुस्तकालय परिसरमा वडानं ४ वडा अध्यक्ष सागर पाण्डे तथा वडानं ६ वडा अध्यक्ष सोमबहादुर घलान संग अन्तरक्रिया कार्यक्रममा सम्पुर्ण पाठक बृन्द तथा शुभेच्छुक मा उपस्थित को लागि संयोजक थीके ले अनुरोध गरेको छ।
More Stories
समाजसेवी अमात्य ध्दारा मन्दिर रङ्ग रोगन ।
जन्म दिनको खुशियाली लेकालि बिधार्थीका साथ ।
मकवानपुर जिल्लाको भीमफेदी गाउँपालिकामा भलिबल संघ गठन ।