
भीमफेदी
२०७९/०२/२३
सामाजिक संजालहरुमा आजभोलि भाइरल भइरहेको स्थान मकवानपुरको भिमफेदी गाउँपालिका ८ इपा ( महादेबटार) र बकैया गाउँपालिका १२ को सिमानामा समुन्द्री सतह देखि २००० मिटरको उचाइमा अबस्थित धार्मिक,पर्यटकीय तथा रमणीय स्थल श्री लटारम्भेश्वर महादेब पर्यटन प्रबर्द्धन को मुख्य स्थान हो।।
काठमाडौ उपत्यका र हेटौंडा बाट सयौं पर्यटकहरु धार्मिक आस्था सहित रमणीय दृश्य अबलोकनका लागि त्यहा पुगिरहेका छ्न र फोटो र भिडियोहरु समाजिक संजालहरुमा पोस्ट गरिरहेका छ।
बाग्मती प्रदेशकै नमुना धार्मिक र पर्यटकीय स्थान बनाउनको लागि भिमफेदी गाउँपालिकाले यस क्षेत्रलाई प्राथमिकतामा राखेर काम हरु गरिरहेको छ। काठमाडौ उपत्यकाबाट नजिक रहेर पनि ओझेल मा परिरहेको यस क्षेत्रलाई प्रदेश तथा केन्द्र सरकारलेपनि ध्यान दिनुपर्ने देखिन्छ।
काठमाडौबाट ४५ कि.मि. र हेटौंडाबाट ५० कि.मि. कान्ति लोक पथ हुँदै मोटरबाटोबाट महादेबटार हुँदै चिलाउने डाडा सम्म पुग्न सकिन्छ । त्यहाबाट करिब ३ घन्टाको उकालो पैदलमार्ग पूरा गरे संगै उक्त मन्दिर पुगिन्छ।
त्यहा पुग्ने पर्यटकहरुले खान र बस्नको राम्रो प्रबन्ध नरहेको ले फाष्टफुड साथ लानु पर्ने अबस्था छ। तत्कालको लागी खानबस्नको लागि त्यहाका स्थानीयहरु सग अग्रिम सम्पर्क गरेर पनि जान सकिन्छ। निकट भबिश्यमा मन्दीर सम्म पुग्ने मोटर बाटो तथा पैदल ट्र्याक तथा खान बस्नको प्रबन्ध सहितका होटेलहरु खुल्दै छन् ।
यस संम्बन्धी भीमफेदी गाउँ पालिकाको अध्यक्ष हिदम लामा ले आफ्नो धारणा यसरी ब्यक्त गरेको छ।
“भीमफेदी गाँउपालिका वडा नम्बर ८ स्थित अत्यन्तै पौराणिक धार्मिक स्थल भौगोलिक हिसाबले विकट भए पनि भीमफेदी गाँउपालिकाले पुर्वाधार विकासको काम शुरुवात गरेको छ । खानेपानी को निकै समस्या रहेको यस क्षेत्रमा आगामी आर्थिक वर्षमा खानेपानी विजुली लगाएत सहज वाटो को पुर्वाधार निर्माण गर्ने पालिकाको योजना छ । सबैले यस क्षेत्रको प्रवर्धनमा सहयोग गरौ” ।
More Stories
नेवा :समुदाय भीमफेदीको ब्रिक्षरोपण कार्यक्रम ।
कारको पछाडी डिक्की भित्र फल्स बटम बनाई लुकाई लागूऔषध गाँजा,
बहुउद्देश्यीय खेल मैदान भीमफेदी प्रती युवाहरु को उत्सुकता।