April 20, 2024

Bhimphedi Khabar

Bhimphedi Cable Network

कति रकम पाउने भयो त संघीय सरकार बाट भीमफेदी गाउँ पालिकाले।

OLYMPUS DIGITAL CAMERA

भीमफेदि

२०७९/०२/२१

भीमफेदी गाउँपालिकाको लागि चालु आर्थिक बर्ष २०७९/०८० को लागि संघीय सरकारले कुल ३५ करोड ५९ लाख रुपैंया अनुदान रकम उपलब्ध गराउने भएको छ । संघीय सरकारले समानिकरण अनुदानमा गाउँपालिकालाई ११ करोड २६ लाख, सशर्त अनुदानमा २० करोड ७६ लाख, बिशेष अनुदानमा ६ करोड रुपैयाँ र समपुरक अनुदानमा ३ करोड रुपैंया उपलब्ध गराउने छ ।

त्यस्तै चालु तर्फ ३० करोड ५३ लाख अनुदान उपलब्ध गराउनेछ भने पुँजीगत तर्फ ५ करोड ६० लाख रुपैंया संघीय सरकारले उपलब्ध गराउने भएको हो ।