
भीमफेदि
२०७९/०२/१३
भीमफेदी गाउँ पालिकाले गत आर्थिक बर्ष ०७८/७९ मा परिक्षणकै रूपमा गाउँ पालिकाको कार्य योजनामा नमुना का लागि गाउँ पालिकाको बिपन्न तथा शारीरिक अपाङ्गता भएका बालबालिकाको पहिचान गरी बनेपा स्थित अपाङ्ग वाल अस्पताल तथा पुनर्स्थापना केन्द्र संग समन्वय गरि भीमफेदी गाँउपालिकाको लगानीमा निशुल्क उपचार का लागि सिफारिस गरेको थियो।जस मध्ये केहि शारीरिक अपाङ्गता भएका बालबालिका सबै पुगेको छैन। आफुले देखेको भबिश्य बारे स्मरण गर्दै भीमफेदी गाउँ पालिकाको अध्यक्ष हिदम लामा भन्नु हुन्छ।

“३ महिना अगाडी हामीले भेट्दा भीमफेदी ९ का शारीरिक अपाङ्गता भाएक सुनिल मोक्तान सिधा भएर हिड्न सक्दैन थिए हात खुट्टा टिकेर (चार पाउ) कष्टकर जीवन बिताउदै थिए ।बनेपा स्थित अपाङ्ग वाल अस्पताल तथा पुन्स्थापना केन्द्र संग समन्वय गरि भीमफेदी गाँउपालिकाको लगानीमा निशुल्क उपचार सेवा प्राप्त पछाडी शारीरिक रुपमा सक्षम बन्दै । बधाई छ सुनिल अब राज्यलाई बोझ हैन तिमी राज्यको श्रोत हुनेछौ।”
यसै क्रममा दोस्रो पटक स्थानिय निर्वाचन मा आफु गाउँ पालिकाको अध्यक्ष पदमा निर्वाचित भएपछि पहिलो निर्णय नै गाउँ पालिकाको सबै शाररिक अपाङ्गता भएका बालबालिकाको पहिचान गरी निशुल्क उपचार गाउँ पालिकाले गर्ने निर्णय मा हस्ताक्षर गरेर पदभार ग्रहण गरेका थिए।
More Stories
भीमफेदी गाउँपालिकामा कानुन विपरीत नदीजन्य पदार्थ चोरी निकासी ।
पाएनन् तलब शिक्षक ले, दशैं चाड रित्तो हात कृष्ण मा.बि.भैंसे।
चलचित्र ब्ल्याक छायाँ हेटौंडामा हुने विशेष शो को संकलन रकम दुवै मृर्गौला पिडीत मीना गोलेलाई ।