December 11, 2023

Bhimphedi Khabar

Bhimphedi Cable Network

शैक्षिक संस्था हप्ताको दुई दिन बिदा के सान्दर्भिक होला। के गर्छ त अब स्थानीय स्वायत्त भीमफेदीले

फोटो फाइल।

भीमफेदी

२०७९/०२/१३

सरकारले विभिन्न विदाहरु कटाउँदै शिक्षण संस्थाहरुमा हप्तामा दुई दिन विदा दिने भएको छ । सरकारले गरेको शनिबार र आइतबार विदा दिने निर्णय कार्यान्वयन गर्ने तर शैक्षिक संस्थामा पढाइ हुने दिन घट्न नदिने गरि हिउँदे, वर्षे र स्थानीय विदा कटौती गर्ने निर्णय गरेको शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्माले जानकारी दिए ।
‘सम्बन्धित तहले हप्ताको ५ दिन १० देखि ४ बजेसम्म पठन पाठन गराउने तथा हिउँदे, वर्षे र स्थानीय विदा कटौती गरी वर्षभरिमा अधिकतम ३० दिनसम्म मात्र विदा दिन सक्ने गरि ब्यवस्था गरिएको उनले बताए । 

हरेक स्थानीय स्वायत्त निर्णय लागु गर्दै स्थानीय निकाय हरु ले आफ्नो अनुकुल बिदा दिने निर्णय गरेका छन्। भीमफेदी गाउँ पालीका ले कस्तो निर्णय गर्ला भन्ने चासोको बिषय बनेको छ। यातायात इन्धन खपतको अनुसार भीमफेदी गाउँ पालीका को समुदायिक बिधालय मा तिन वटा माध्यमिक बिद्यालय को सवारि साधन रहेको छ।