November 29, 2023

Bhimphedi Khabar

Bhimphedi Cable Network

भीमफेदी गाउँ पालिकाको यो दुई वडा पिताले पुत्र लाइ हस्तान्तरण गरे।

भीमफेदी

२०७९/०२/१०

स्थानिय निर्वाचन परिणाम घोषणा पश्चात भीमफेदी गाउँ पालिकाले गाउँ पालिकाको अध्यक्ष मा नेकपा एमालेका उम्मेदवार हिदम लामा, उपाध्यक्ष मा नेपाली कांग्रेस का संजिव श्रेष्ठ र पांच वडामा नेकपा एमाले का वडा अध्यक्ष,तिन वडामा नेपाली कांग्रेस का वडा अध्यक्ष र एक वडा मा नेकपा माओवादीका वडा अध्यक्ष ले स्थान हासिल गरेका छन।

भीमफेदी गाउँ पालिकाको अध्यक्ष हिदम लामा ले शपथग्रहण पछि कार्यभार सम्हाल्दै पहिलो निर्णय गाउँ पालिकाको सबै शाररिक अपाङ्गता बालबालिकालाई गाउँ पालिकाले निशुल्क उपचार र सहयोग सामग्री प्रदान गर्ने घोषणा हस्ताक्षर गरेका छन्।

यसै गरी निर्वाचित उपाध्यक्ष तथा वडा अध्यक्ष र सदस्य सबैले शपथग्रहण पश्चात आ-आफ्ना वडाको पदभार ग्रहण गरेका छन्।

पदभार ग्रहणको क्रममा भीमफेदी गाउँ पालिकाको वडानं सात र चार मा पिता ध्दारा पुत्र लाइ पद हस्तान्तरण गरेका हुन्। भीमफेदी वडानं सातमा निबर्तमान वडा अध्यक्ष बुध्दिको बहादुर सिंजाली ले छोरा मेत्र बहादुर सिंजाली लाई र भीमफेदी गाउँ पालिकाको वडानं चार मा निबर्तमान वडा अध्यक्ष क्षेत्र बहादुर पाण्डेले छोरा सागर पाण्डे लाइ हस्तान्तरण गरेको हो।