
OLYMPUS DIGITAL CAMERA
भीमफेदी
२०७९ जेष्ठ ९
भीमफेेदी गाउँ पालिकाको अध्यक्ष हिदम लामा ले आज एक समारोहका विच पदभार ग्रहण गरेको छ।
पदभार ग्रहण गर्दै आजै भीमफेदी गाउँ पालिकामा रहेका शाररिक अपाङ्गता भएका बालबालिकाको भीमफेदी गाउँ पालिकाले निशुल्क स्वास्थ्य उपचारका साथै आबश्यक सहयोग सामग्री प्रदान गर्ने पहिलो निर्णय गरेका हुन्।

उपचारका लागी अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र ,बनेपा संग समन्वय संझौता गरेको छ। गाउँ पालिकाले दोस्रो स्थानिय निर्वाचन सम्पन्न पश्चात दोश्रो पटक गाउँ पालीकामा निर्वाचित गाउँ पालिकाको अध्यक्ष हिदम लामा लाई शुभकामना प्रदान गर्दै पुनर्स्थापना केन्द्र का पदाधिकारी रुद्र सापकोटा ले गाउँ पालिकाले अपेक्षा गरिएको शाररिक अपाङ्गता को उपचारका साथै सहयोग सामग्री मा उल्लेख्य कार्य गर्ने बताएका छन्।
आजै गाउँ पालिकाको अध्यक्ष बाट निर्वाचित उपाध्यक्ष लगायत नौ वडा का वडाअध्यक्ष, महिला सदस्य, दलित महिला सदस्य र खुल्ला सदस्य लाइ शपथग्रहण गराइएको थियो।
पदभार ग्रहण कार्यक्रममा गाउंपालीका कार्यकारी प्रमुख भीम लाल महर्जन लगायत गाउंपालीका कर्मचारीले स्वागत गरेका थीए ।
More Stories
समाजसेवी अमात्य ध्दारा मन्दिर रङ्ग रोगन ।
जन्म दिनको खुशियाली लेकालि बिधार्थीका साथ ।
मकवानपुर जिल्लाको भीमफेदी गाउँपालिकामा भलिबल संघ गठन ।