
All-focus
भीमफेदी
२०७९ जेष्ठ ९
एतिहासिक पुरानो सदरमुकाम भीमफेदी राणाकालीन पृथ्वी चन्द्र अस्पताल परिसर नवजात शिशु जन्म गृह को भवनमा गएराति १० बजे नजिकै रहेको गोलमोरको रुख ढलेर भवनमा क्षति पुगेको छ।
उक्त समयमा प्राथमिक स्वास्थ्य केन्द्र को आपतकालिन सेवा सञ्चालन रहेको तथा मेडिकल अधिकृत,सि अहेव,सिअनमि, लगायत कार्यालय सहायक कार्यमा व्यस्त थियो।
आपतकालिन सेवामा कार्यरत सि अनमि जुना घिसिङ ले “एक्कासी ठुलो आवाज सहित घर थर्के पछि २०७२ सालको भुकम्प को अनुभुति भएको र कार्य कक्ष बाट बाहिरिन खोज्दा रुख का हाङ्गाले बाटो अबरोध भएको “जानकारी गराए।
यस्तै भीमफेदीमा सडक छेउका रुखहरू दुर्घटना हुँदा मानबिय क्षति तथा भौतिक क्षति हुने स्थानमा स्थानिय सरकारको ध्यानाकर्षण हुन अति आवश्यक छ।हाल स्थानिय बजार बिच रहेको पिपलबोट, महेन्द्र माध्यमिक बिद्यालय शिक्षक आबास,को कमजोर तर ठुलाठुला रुख दुर्घटना का संभावना हुन। यसलाई वडास्तरीय छलफल ले निराकरण गर्नुपर्ने स्थानिय को माग छ नत्र”ब्यबस्था बदलियो अबस्था उस्तै” रहनेछ।
More Stories
ओली सरकार र बागमती प्रदेशमा डोरमणि पौडेलको सरकारले सिन्को भाँचेन, बिरोध खतिवडा
बढि लिईएको भाडा सम्बन्धित यात्रुलाई फिर्ता गराई सवारी चालकलाई जरिबाना।
भीमफेदी हात्तीसार संग्रहालय जिप लाईन सहितको पार्क बिस्तार कार्य किन शिथिल।