March 23, 2023

Bhimphedi Khabar

Bhimphedi Cable Network

नव निर्वाचित पदाधिकारी ले शपथ ग्रहण पछि कार्यालय सम्हाले। सौहार्दपूर्ण शुभकामना आदानप्रदान।

भीमफेदी

२०७९ जेष्ठ ९

स्थानीय निर्वाचन मा बिजयी उम्मेदवार बाट आफ्नो कार्यकक्ष सम्हाल्ने कार्य आरम्भ भएको छ।

भीमफेदी गाउँ पालीका मा निर्वाचित अध्यक्ष हिदम लामाले आफ्नो कार्यभार सम्हाले लगत्तै निर्वाचित गाउँ पालीका उपाध्यक्ष लगायत वडा अध्यक्ष र सदस्यको शपथग्रहण गराएको हो।

शपथग्रहण पछि उपाध्यक्ष संजिव श्रेष्ठ ले आफ्नो पदभार आजै सम्हालेका छन् भने वडानं ६ का वडा अध्यक्ष साोम बहादुर घलान ले पनि आजै पदभार सम्हालेका छन्। नवनिर्वाचित वडा अध्यक्ष सोमबहादुर घलान ले नि बर्तमान वडा अध्यक्ष सीताराम थापा लाई मायाको चिनो सहित सौहार्दपूर्ण धन्यवाद ब्यक्त गरेका थिए।

यसै गरी सम्पुर्ण निर्वाचित पदाधिकारी ले जिम्मेवारी सम्हाल्ने कार्य आजै बाट थाल्नु हुन र कर्मचारी बाट आबश्यक सहजता बनाइ दिन भीमफेदी गाउँ पालीका अध्यक्ष हिदम लामले अनुरोध गरेको छ।